काेहलपुर ।
जिल्लामा दुर्घटना कम गर्न र ट्राफिक ब्यवस्थापनका लागि बाँके जिल्लामा सञ्चालनमा रहेका ई-रिक्सा चालकहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले प्रशिक्षण दिन सुरु गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी बाँकेले नेपाल ई-रिक्सा व्यावस्थापन प्रा.लि बाँकेको समन्वयमा १ महिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको हो ।
प्रशिक्षण कार्यक्रम ई-रिक्सा व्यबस्थापन प्रालिको हलमा सञ्चालन हुँदै आइरहेको छ । प्रशिक्षण कार्यक्रममा ई-रिक्सा चालकहरुलाई ट्राफिक नियम, दुर्घटना हुने कारणहरु, लेन अनुशासन, ई-रिक्सा चलाउदा चालकले ध्यान दिनुपर्ने कुराहरु र सवारीको अवस्थाका सम्बन्धमा प्रशिक्षण दिने गरेको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताएका छन् ।
त्यस्तै जिल्लामा हुने दुर्घटना कम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जिल्लाका राजमार्गमा टिप्परहरु गुडाउँदा टाइम कार्ड लागू गरेको छ ।
जिल्ला ट्राफिक कार्यालय बाँकेले जिल्लाका राजमार्गमा टिप्परहरु गुडाउँदा तीव्र गतिमा गुड्ने र दुर्घटना निम्तिने भन्दै टाइम कार्ड लागू गरेको हो ।
जिल्लामा सडक दुर्घटना कम गर्न टिप्पर तथा निर्माण व्यवसायीहरुसँग छलफल गरेर टाइमकार्ड लागू गराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए ।
बाँकेका राप्ती खोला, शम्शेरगन्ज, सम्झना, खजुरा र चिसापानीबाट टिप्परका चालकहरुले अनिवार्यरुपमा टाइम कार्ड लिनुपर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्