Kohalpur Today Header Ads

नक्कली सुन देखाई ठगी गरेको आरोपमा तीनजना पक्राउ




गोरखा ।

नक्कली सुन देखाइ ठगी गरेको आरोपमा गोरखाबाट तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका–१ का जुर्णं बहादुर गुरुङ, बाराको जितपुर सिमरा उपमहानगरपालिका-९ की जुना तामाङ र सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ का गान्दिप कुमार बस्नेत रहेको प्रहरीले जनाएको छ ।

फलामको टुक्रामा सुनको जस्तो देखिने पहेलो रंग लगाई बाटोमा सुन फेला परेका जस्तो भान पार्ने र फकाई फुलाई महिलाहरुसँग रहेको सुनका गरगहना तथा नगद ठगी गरेको प्रहरीको दाबी छ ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

गोरखा सदरमुकामको घ्याम्पेशाल बसपार्कबाट उनीहरुलाई पक्राउ गरिएको डिएसपी लिलाराज लामिछानेले बताए । ‘शंकास्पद अवस्थामा उनीहरुलाइ फेला पार्‍यौ,’ उनले भने, ‘नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा उनीहरुको साथबाट पहेलो रंग लगाएको सुन जस्तो देखिने धातुको पत्ता फेला पार्‍यौ ।’

पक्राउ परेका उनीहरुविरुद्ध ठगी कसुर शीर्षकमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख ५ गते सोमबार