सत्तारुढ गठबन्धनको संयन्त्रको बैठक भोलि पनि बस्ने

सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सोमबार पनि बस्ने भएको छ ।

आइतबार बसेको बैठकमा गठबन्धनका उम्मेदवारहरुको जीत सुनिश्चित गर्ने बारेमा छलफल भएको सरकारका प्रवक्ता समेत रहेको सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

छलफल जारी रहेको बताउँदै उनले भने, ‘हामीले खडा गरेका उम्मेदवारलाई जित कसरी सुनिश्चित गराउने र कसलाई उम्मेदवार खडा गर्ने बारेमा छलफल भयो । छलफल चलिरहेको अरु एक दिन छलफल चल्नसक्छ ।’

विहान बसेको शीर्ष तहका नेताको बैठकले सोमबार महानगरको प्रमुख र उपप्रमुखको टुंगो लगाउने निर्णय गरेको थियो ।