काेहलपुर ।
राप्तीसाेनारी गाउँपालिका २ टिकुलीपुरमा भएको आगलागी पिडीत परिवारलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले भेटघाट गर्नुभएकाे छ ।
आगलागी हुँदा दर्जन बढि घर र गोठमा आगलागी हुँदा लाखौंको क्षति भएको थियो । आगलागी पिडीतहरुको घरमा पुगेर मन्त्री अथकले राहतका लागी पहल गर्ने र बाढी जस्ता दैवी प्रकोप समाधानका लागि आफ्नो निरन्तर पहल रहेको जनाएका छन् ।
आगलागी निकै दुखद भएको जनाउँदै राज्यको विभिन्न तहबाट राहतको लागी तत्काल पहल गर्ने पीडितहरुलाई प्रतिवद्धता जनाएका हुन् ।
आगलागी पीडितलाई राप्ती सोनारी गाउँपालिकाले प्रति परिवार एक बोरा चामल, ५ किलो दाल, दुई थान ब्ल्यांकेट, तेल, नुन, लत्ता कपडा, खाना पकाउने भाडाकुडी लगायत सामाग्री वितरण गरेको हो ।
गाउँपालिका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्री शुक्रबार बेलुका नै घटनास्थलमा पुगेर राहत सामाग्री वितरण गरेका हुन् ।
सो क्रममा गाउँपालिका अध्यक्ष थारुले आगलागी पीडितको घर बनाउन आवश्यक पर्ने जस्ता पाता खरिद गर्न प्रतिपरिवार ५० हजार र सिमेन्ट खरिद गर्न १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।
सो क्रममा गाउँपालिका अध्यक्ष थारुले आगलागी पीडितको घर बनाउन आवश्यक पर्ने जस्ता पाता खरिद गर्न प्रतिपरिवार ५० हजार र सिमेन्ट खरिद गर्न १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्