गाउँपालिकाद्धारा आगलागी पिडितलाई १ लाखको जिन्सी र ५० हजार नगद सहयोग

कोहलपुर ।

आगलागी पिडितलाई राप्तीसोनारी गाउँपालिकाद्धारा १ लाख जिन्सी र ५० हजार नगद रुपैया प्रदान गरेको छ । आज (शुक्रबार) राप्तीसोनारी वडा नम्बर २ टिकुलीपुरमा आगलागी हुँदा ११ घर र ४ वटा गोठहरु जलेर पूर्ण नष्ट भएको थियो ।

११ घरका ५६ जना परिवार छन् । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले आगलागी भएका परिवारलाई प्रति परिवार चामल, नुन, तेल, त्रिपाल वितरण गरेको बताए । उनका अनुसार पालिकाले १ लाख बराबरको जिन्सी र ५० हजार रुपैया घर निमार्णका लागि वितरण गर्ने थारुको भनाई थियो ।

‘यो वर्ष दमकल किन्ने योजना थियो तर अरु क्षेत्रमा बजेट विनियोजन गरेको तर दमकल किनेपछि ३/४ जना कर्मचारी राख्नुपर्‍र्यो, सो कर्मचारीलाई त्यसै रकम वितरण गर्ने जस्तो देखियो त्यसैले पनि दमकल किनेनौं’ उनले भने’ ‘आगलागीले मानविय क्षती हुनबाट बचाएका छौं तर ११ वटा घर र ४ वटा गोठमा लागेको आगो निभाउन सकेनौं ।’ यस्तै नेपालगञ्ज र कोहलपुरबाट दमकलले आगो नियन्त्रण लिइएको ढकेरी प्रहरी चौकीका इन्चार्ज टेक बहादुर केसीले जानकारी दिए ।