काेहलपुरमा तीव्र गतिमा बन्दै १५ शय्याको अस्पताल

शिवध्वज शाही, काेहलपुर । 

बाँके जिल्लाको कोहलपुर नगरपालिकामा १५ शय्याको सुविधान सम्पन्न अस्पताल निर्माण कार्य तिव्र गतिमा भैरहेको छ । केन्द्रीय सरकारको नीति अनुसार १८ करोडको लगानीमा उक्त अस्पताल निर्माण भइरहेको हो ।

यही वैशाखमा टेण्डर आह्वान भई काम अगाडि बढाइएको उक्त अस्पतालको काम अहिले तीव्र रुपमा चलिरहेको छ । जिल्लामा कोरोना जोखिम केही कम भएको र निषेधाज्ञा पूर्ण रुपमा हटेसँगै उक्त अस्पताल निर्माणको कामले तीव्रता पाएको निर्माण कम्पनीले जनाएको छ ।

अस्पताल सम्झौता मितिभित्रै निर्माण कार्य सम्पन्न गर्ने गरी काम अगाडि बढेको निर्माण सिएवी-वयान-एन.एस.जेवी निर्माण व्यवसायीका सञ्चालक युद्ध विक्रम शाहीले बताए ।

भवन निर्माणका लागि चाहिने सामग्री सबै पाइएको छ, रोकावट केही छैन, हामी सम्झौतमा उल्लेखित मिति भित्र काम सक्छौँ ।’ वैशाखमा शिलन्याससँगै अस्पताल निर्माणको काम सुरु गरिएको भए पनि कोरोना महामारीले कामदार नपाउँदा कामले गति लिन सकेको थिएन् । कार्तिक १५ गतेदेखि कामकोे थालनी गरेको निर्माण व्यवसायी शाहीले बताए ।

कोहलपुर नगरपालिका पूर्वाधार विकास शाखा प्रमुख बालकृष्ण महतरा क्षेत्रीले अहिलेसम्म १५ प्रतिशत काम भइसकेको बताए । काम तीव्र गतिमा अगाडि बढेको छ, महिना दिनमै १५ प्रतिशत काम भएको छ, अब समयमै काम सम्पन्न हुनेछ ।’

उक्त अस्पतालको भवन साढे तीन तलाको निर्माण गरिन लागेको हो । अस्पतालमा लिप्ट समेत रहेको छ भने १५ वटा शौचालय छन् ।

निर्माण कम्पनीसँग अस्पताल भवन दुई वर्षभित्रै निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता गरिएको कोहलपुर नगरपालिका आर्थिक विकास शााखा संयोजक दिल बहादुर परियार आर्थिक विकास शााखा संयोजक दिल बहादुर परियाले जरयाले जानकारी दिए ।