हिजो एमाले प्रवेश गरेका बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष आज फेरि माओवादीमै

हिजो सोमवार नेकपा एमालेमा प्रवेश गरेका धादिङको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी आज मङ्गलवार फेरि माओवादी केन्द्रमै फर्कनुभएको छ ।

हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट गएर एमालेमा प्रवेश गरेका डल्लाकोटीले आज माओवादी अध्यक्ष प्रचण्डको निवास खुमलटार गएर माओवादीमै फर्किएको घोषणा गर्नुभएको छ ।

२०७४ सालको चुनावमा माओवादीबाट चुनाव जितेका डल्लाकोटीले आफूले आवेगमा एमाले प्रवेश गर्ने निर्णय लिएको तर आज पछुतो मान्दै निर्णय फिर्ता लिएर माओवादीमै रहेको बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्रको वाग्मती प्रदेशका सदस्यसमेत रहेका डल्लाकोटीले आत्मालोचनासहित अब फेरि माओवादीमै क्रियाशिल हुने बताउनुभएको हो ।