कोहलपुर ।
कोहलपुरमा नापी तथा मालपोत कार्यालयको शाखा कार्यालय स्थापना गर्न मन्त्रीपरिषद्ले आज निर्णय गरेको छ । माओवादी केन्द्र केन्द्रिय सदस्य नरेन्द्र न्यौपानेको विशेष पहल तथा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र भुमिसुधार मन्त्री शशी श्रेष्ठको सक्रियतामा नापी र मातपोल कार्यालय कोहलपुरमा स्थापना गरी कार्यक्षेत्र समेत स्वीकृत भएको छ ।
नेपाल सरकारको मन्त्रीपरिषद्को आज बसेको निर्णयाअनुसार मालपोत कार्यालय र नापी कार्यालय गौशाला, मोहत्तरी, कोहलपुर, बाँके, जोगबुढा, डडेलधुरा र आठविसकोट रुकुम पश्चिमको संगठन संरचना, दरबन्दी तेरिज बमोजिम कार्यालय स्थापना र कार्यक्षेत्र स्वीकृत भएको पत्रमा उल्लेख रहेको छ ।
माओवादी केन्द्रका नेता न्यौपानेले कोहलपुरका जनताहरुको अपेक्षा अनुसार काम गरे, त्यसको फल अहिले पाएकोमा निकै खुसी भएको बताए । उनका अनुसार कोहलपुरमा अबको २ दिनभित्रै मालपोत र नापी कार्यालय स्थापना हुने उनले बताए ।
उनका अनुसार कोहलपुरमा मालपोत र नापी कार्यालय स्थापना गर्नका लागि माओवादी केन्द्रले लामोसमयदेखि पहल कदमीहरु गरेको थियो जसको फल आजको पत्रले देखाएको छ । कोहलपुर नगरपालिकाका अहिले माओवादी केन्द्रका मेयरका उम्मेदवारको रुपमा चर्चा कमाइरहेको बेलामा फेरी अर्को सफलता मिलेको छ । उनले कोहलपुरको विकास र समृद्धिका लागि रातदिन खटिन सक्ने नेता समेत हुन् ।
माओवादी पहलमा ९८ जनालाई लालपूर्जा वितरण
राष्ट्रिय भूमि आयोग र कोहलपुर नगरपालिकाबीच कार्य सहमति पत्रमा हस्ताक्षर भएको छ । माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेको बिशेष पहलमा भूमिहीन दलित, भुमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने उदेश्यले कार्य सहमती पत्रमा हस्ताक्षर भएको हो ।
केही दिन अघि माओवादी केन्द्रका युवा नेता न्यौपाने सहितको टोलिले भुमि सुधार मन्त्री शशि श्रेष्ठ र भुमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्कालाई भेट गरी कोहलपुरका भुमिहीन सुकुम्वासी र अव्यवस्थीत वासेवासीको काम अगाडी बढाउन आग्रह गरेको थियो । सोही आग्रह अनुसार अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने गरी सहमती पत्रमा हस्ताक्षर भएको थियो । सोही अनुसार कोहलपुरको वडा नम्बर ३ का ९८ जना भूमिहीन दलित, भुमिहीन सुकुम्बासीलाई जग्गा प्रदान गरिएको थियो ।

काेहलपुर नगरपालिका वडा नम्बर ३ का स्थानीय लालपूर्जा पाएपछि खुसी साट्दै
यस्ताे छ पत्र हेर्नुहाेस् ।
प्रतिक्रिया दिनुहोस्