मेरो देश खोइ किन आज रोई रहेको छ ।
मेरो देश खोइ किन आज अरुले अरुले धोई रहेको छ ।।

मेरो देश खोइ किन आज पिल्सिएको छ ।
मेरो देश खोइ किन आज कता कता चिप्लिएको छ ।।

मेरो देशका हरेक चिजहरु आज किन तात्तिएका छ्न ।
देश बनाउ भन्नेहरु आज किन धेरै धेरै मातिएका छन ।।

मेरो देशलाई खोइ किन आज अर्कोले हडप्ने कोशिस गरेको छ ।
मेरो मातृभूमिको माटो खोइ किन आज बगाउने लहर चलेको छ ।।

मेरो देशका नागरिकहरु खोइ किन आज विदेशीन पुगे।
मेरो देशले खोइ किन आज शाहसिन पुगेको छ ।।

मेरो देश हिजो पुर्वमा टिस्टा अनि पश्चिममा कांकडा थियो रे ।
मेरो देश आज किन सांघुरो मेची महाकाली हुन पुग्यो रे ।।

मेरो देशको पानी प्रयोग विना त्यसैखेर बगेको छ ।
यहांका खनिज पदार्थहरु भित्र भित्र सुकेको छ ।।

मेरो देश आर्थिक संकटमा फसेको छ ।
मेरो देश विदेशीको रवाफमा झस्केको छ ।।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ चैत २० गते आइतबार