राप्तीसोनारी ८ मा माओवादी केन्द्रको वडा सम्पर्क कार्यालय उद्घाटन

कोहलपुर ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) राप्तीसोनारी गाउँपालिका वडा ८ को वडा सम्पर्क कार्यालय उद्घाटन गरेको छ । शनिबार माओवादी केन्द्रका वडा नम्बर ८ का अध्यक्ष लोक बहादुर खत्रीको अध्यक्षता भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती सदस्य एवम् बाँके जिल्लाकै माओवादी जनयुद्ध तथा कम्युनिष्ट आन्दोलनका संस्थापक कमानसिँह खनालको प्रमुख आथित्ता र राप्तीसोनारी गाउँपालिका सचिवालय समिती सदस्य एवम् वडा ८ इन्चार्ज शोभाराम बि. एम. (चट्टान) को विशेष आथित्यतामा कार्यालय उद्घाटन भएको थियो ।

यस्तै कार्यक्रममा बोल्दै कमानसिँह खनालले अब सबै प्रकारको रणनीति अवलम्बन गर्दै चुनाव केन्दित हुन आग्रह गर्नुभयो । राजनितिक एउटा सम्भावनाको खेल भएकाले यसमा साम, दाम र दण्ड भेत प्रयोग गरी स्थानिय जनतालाई राजनीति बारेभन्दा पनि विकास र समृद्धि बारे प्रयोगात्मक शैलीमा काम गर्ने गरी जनता माँझ जानुपर्ने जोड दिनुभएको थियो ।

यस्तै वाइसीएल प्रदेश कमिटी सदस्य शेर बहादुर खड्का (सुजल)ले विभिन्न टोल कमिटि विस्तार भैसकेको र विद्यार्थीदेखि महिलाको संगठनहरु समेत निर्माण भैैसकेको बताउनुभयो । उहाँका अनुसार अब सबै संगठनहरुलाई क्रियाशिल बनाएका छौं जसले गर्दा राप्तीसोनारीमा स्थानीय चुनावमा जित्न सजिलो भएको उहाँले दावी थियो । यस्तै कार्यक्रममा राप्तीसोनारी गाउँपालिका कमिटि सुबास मरासिनी कमला जोशी र वडा कमिटि सदस्यहरुको उपस्थित रहेको थियो ।