एकराज शर्माकाे सुन्दर कविता ‘उ’




उ निकै अतालिएको थियो ।

मैले उसलाई निकै साथ दिएको थिए ।
उ साहारा विहिन थियो मैले उसलाई सहारा दिए ।।

उ अल्छी थियो मैले उसको अल्छीपन हटाई दिएको थिए ।
उ निकै लोभी थियो मैले हात फुकाउन सिकाएको थिए ।।

उ सुताहा थियो मैले उसलाई निद्राबाट ब्युझाई दिएको थिए ।
उ कामको लागि छ्टपटिएको थियो मैले उसलाई काममा लगाई दिएको थिए ।।

उ कमजोर थियो मैले पेशामा टिकाएको थिए ।
उ सधै एकलकाटे थियो मैले उसलाई सोसियल बनाएको थिए ।।

धेरै वर्ष उसंग साथ गर्दा म निकै आभारी थिए ।

तर उसले मनमा पाप बोकेको रहेछ ।
मैले जसरी उसलाई साथ दिए तर उसले मलाई पर्दा साथ होइन लातदिने योजना बनाएको रहेछ ।।

तर मेरो उ प्रती कुनै पाप न दोष कुनै थिएन ।

तर उसले मनमा कपट पो राखेको रहेछ ।।

दिन अनि चक्र त घुम्ने होलान् ।
आपत अनि विपत त कुनै दिन पर्ने होला।।

हो त्यतिबेला मेरो मन के होला उसको मन के होला ?

किनकी उ त अरुको बहकाउमा लागेको रहेछ त्यो समय उ संग बहकाउनेले साथ छोडेको हुनेछ ।।

अनि जवाफ आउने छ हिजो अनि आज र भोलि अनि प्रतिउतर मन भरी हुनेछ्न ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ चैत १८ गते शुक्रबार