शिवशक्ति विद्यालयमा निशुल्क स्वास्थ्य परिक्षण

काेहलपुर ।

शिव शक्ति आधारभुत विद्यालयमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आसा नेपाल फाउन्डेसन काठमाण्डौको आर्थिक सहयोग तथा नेपालगन्ज मेडिकल कलेज कोहलपुरको प्रविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो । उक्त स्वास्थ्य परिक्षणमा विद्यालयका बाल विकास केन्द्र देखि कक्षा ६ सम्मका २०० वढि विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको विद्यालयका प्रधानअध्यापक बद्री नाथ सापकोटाले वताए ।

उक्त परिक्षण वाट ३३ जनामा सामान्य समस्या देखियो भने ३ जनामा अलि जटिल समस्या देखा परेको सापकोटाले जनकारी गराए । कार्यक्रमा प्रमुख अतिथि कोहलपुर नगरपालिका वडा नं. २का वडा अध्यक्ष कर्णसिंह वि.सि.ले विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्न सहयोग गर्न आसा नेपाल फाउन्डेसन काठमाण्डौ प्राविधिक सहयोग गर्ने नेपालगन्ज मेडिकल कलेज प्रति आभार व्यक्ति गरेका थिए । लामो कोरोना महामारीवाट बन्द भएका विद्यालयहरु आफ्नो दैनिक पठन पाठन गर्न शुरुसंग विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने वातावरण वनाएकोमा विद्यालयका प्र.अ बद्री सापकोटालाई विशेष धन्यवाद दिएका थिए ।

उनले भने यस विद्यालयमा बद्रि सर आए देखि विद्यालयको भौतिक सुधार ,शैक्षिक सुधार का साथै विद्याथीहरुको चाप समेत वढेको वताए । उनले भने “यस विद्यालय बिद्यालयमा बिद्यार्थीहरुको संख्या कम भएकाले बिद्यालय नै अन्य बिद्यालयमा गावने तयारी अवस्थामा रहेको बिद्यालयलाई बद्रि सरको आवागमन पश्चात विद्यालयमा विद्यार्थीहरुको संख्या वढाउदै लानु भएको छ ”यसकारण यस विद्यालयलाई अहिले सवैको रोजाईको विद्यालय वन्न सफल भएको वताए । अहिले विद्यालयमा २५६ जना विद्यार्थीहरु रहेका छन् । बिद्यालयमा अहिले सवै कक्षाहरु अग्रेजी माध्यमवाट पठन पाठन गराउदै आएको छ ।