खजुरामा वित्तिय साक्षरता र मनोसामाजिक परामर्श कक्षा समापन

१ सय २ जनालाई मनोसामाजिक र वित्तिय साक्षरता कक्षा लिएका थिए ।

कोहलपुर ।

बाँकेकोे खजुरा गाउँपालिकामा वित्तिय साक्षरता र मनोसामाजिक पराशर्म कक्षा समापन गरिएको छ । नेपाल सरकार र स्वीस सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, हेल्भटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना(सामी र वातावरण तथा ग्रामीण विकास केन्द्रका (इन्रुडेक बाँकेको आयोजनामा सो कार्यक्रम सञ्चालन भएको थियो ।

गलबार भदौ देखि सञ्चालन भएको वित्तिय साक्षरता र मनोसामाजिक पराशर्म कक्षा समापन गरिएको थियो । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले खजुरा गाउँपालिकामा सामी परियोजना निकै प्रभावकारी भएको बताउनुभएको थियो ।

यस्तै सामी परियोजनाका संयोजक मिना चौधरीले बैदेशिक रोजगारी नजाऔ, जानै परे सहि सूचना लिएर जाँऔ, विदेशमा कमाएको रकमलाई स्वदेशमा सहि सदुपयोग गरौं भन्ने मुल उद्देश्यका साथ सञ्चालन भएको बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै इन्रुडेकमा अध्यक्ष धर्मा रोकाय, पत्रकार र समाजसेवीहरुको उपस्थित रहेको थियो ।