Kohalpur Today Header Ads

बाँकेमा ‘एक प्रदेश, एक परम्परा’ अन्तर्गत थारु जातिको नृत्य संगीत परम्परा कार्यक्रम हुँदै




कोहलपुर

बाँकेको कोहलपुरमा ‘एक प्रदेश, एक परम्परा’ अन्तरगत थारु जातिको नृत्य संगीत परम्परा कार्यक्रम हुँदैछ । कोहलपुर नगरपालिकाको वडा नम्बर २ वर्दहवामा उक्त कार्यक्रम हुने भएको हो । नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठान बालुवाटार काठमाण्डौको आयोजना तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान बाँकेको समन्वयरसहकार्यमा कार्यक्रम हुने हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अञ्जानले बताएका छन् । चैत्र १२ गते शनिबार ९आज० दिउँसो १२ बजे कार्यक्रमको उद्घाटन गरिने अध्यक्ष अञ्जानले बताए ।

कार्यक्रममा थारु समुदायको संस्कृति झल्किने गीत, नाँचका साथै पहाडी समुदायको संस्कृति तथा सांस्कृतिक पहिचान झल्किने प्रस्तुतीहरु प्रतुत हुने छन् । लुम्बिनी प्रदेशको बाँके जिल्लामा देखाईने स्थानीयस्तरका थारु कला र संस्कृतिलाई राष्ट्रियस्तरमा चिनाउन यो कार्यक्रम राखिएको अञ्जानले बताए । कार्यक्रमका माध्यमबाट परम्परागत थारु जातिय लोककला र संस्कृतिको जगर्ना, संरक्षण र संवद्र्धनलाई सहयोग गर्ने आयोजकको विश्वास छ । कला र संस्कृतिले समाजिक विविधताको पहिचान गराउने भएकाले यहाँको चिनारीका रुपमा रहेको थारु संस्कृति संरक्षण गर्नु हाम्रो पूर्णिमा साहित्य प्रतिष्धाको पनि दायित्व रहेको उल्लेख गर्दै अध्यक्ष अञ्जानले यस कार्यलाई निरन्तरता दिने बताए ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

थारु समुदाय कला, संस्कृति र सीपका क्षेत्रमा धनी रहेको बताउँदै उनले यहाँका कलाकारलाई प्रोत्साहन गर्न थारु जातिको नृत्य संगीत परम्परा विषयक कार्यक्रम आयोजना गरेको उल्लेख गरे । कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जु कुमारी चौधरी प्रमुख अतिथी रहने कार्यक्रममा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका परम्परागत तथा शास्त्रीय संगीत विभाग प्रमुख प्राज्ञ धीरेन्द्र प्रेमर्षिको उपस्थिती रहने भएको छ । थारु संस्कृति लोप हुने स्थितिमा पुगेको भन्दै संरक्षण तथा जगेर्नाका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले महत्वपूर्ण भुमिका खेलेको बताएका छन् । ‘परम्परागत थारु नाँच, संस्कृति, गीत, रहन सहन, भेषभुषा पूर्खाले सिर्जना गरेको भन्दै सो संस्कृतिको संरक्षण आवश्यक छ’ प्रेमर्षिले भने ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ चैत १२ गते शनिबार