केही नयाँ सिकाेस् भनी कलेज पठाएको त्याे छाेराे,
हामी यस्तै त हाेनी ब्राे भन्दै अनायस गाउँ फर्कियाे।

हिड्दै थिए कनिकुथि पिडाैला साेझ्याएरै आज सम्म,
कस्लाई सुनाउ याे पीडा हरे फेरिआज पाँउ फर्कियाे।।

भाकल गरेकै हाे सुन्नेले नसुनेपछि कस्काे के लाग्छर,
हाेशियार रुप फेरेर गाउँमा उहीँ विकाउ फर्कियाे।

खै पाउन गाह्राे छ गाउँले मत त अब पनि मुल्य,
रक्सि मासु सँगकाे सटहि उहीँ पुरानाे भाउ फर्कियाे,,

सम्वृदि ल्याउछाै भन्दै एकहुल जमात खाेला तरेका थिए,
खै कता आझेल परे आज ती रित्ताे नाउ फर्कियाे ।।

लुट्न सम्म लुटेकै हाे हिजाे सम्म याे अस्मिता उसैले,
खैके चमत्कार भयाे फेरि आज उसैकाे दाउ फर्कियाे।

काेठा सम्म पुग्न सकेन मेराे सपना अझै पनि ,
ढाेकामै ल्याई छाेडेकाे त्याे पठाउ फर्कियाे। ।।