एक सफलताको अनुभव : मेहनतले पाएको कुलपति पदक

कडा मेहनती, इमान्दार र अरुलाई सम्मान गर्ने स्वभावका छन् ईसाक घले । बागेश्वरी बहुमुखी क्याम्पसमा अध्ययनरत स्नातकोत्तर तहका विद्यार्थी हुन् उनी । उनले अध्ययनलाई जसरी पनि पुरा गर्नपर्छ भन्ने सोच राख्छन् । साना बालबालिकाहरुको भविष्य सुनौलो बनाउन चाहन्छन उनी । तर आर्थिक अभावका कारणले उनले आफुले चाहेजस्तो शिक्षा प्राप्त गर्न निकै कठिन यात्रा पार गर्नुपर्‍र्यो । उनले संस्थागत विद्यालयका अध्यापन गराउँदै आफ्नो शिक्षा हासिल गरे । उनी विपन्न परिवारका छोरा हुन ।

तनहुँ जिल्लाको रम्घा बुवा उर बहादुर घले र आमा दजोम घलेको कोखबाट २०५१ साल बैशाख ९ गते ईसाक घलेको जन्म भएको थियो । उनको बाल्यकालमा पढाईको सुरुवात रम्घाको श्री भानु प्राथमिक विद्यालयबाट कक्षा १-५ सम्म अध्ययन गरे । कक्षा ६ अध्ययनका लागि कोहलपुरमा ४ जना परिवार सहित बसाई सरे ।

कोहलपुरको त्रिभुवन नमुना माध्यमिक विद्यालयका कक्षा ६-७ कक्षा अध्ययन पुरा गरे । कक्षा ८-१० दिव्य विद्या सदन विद्यालयबाट पुरा गरे । श्री दिव्य विद्या सदन विद्यालयबाट २०६७ सालको एसएलसी परीक्षामा विशिष्ट सहित प्रथम श्रेणीमा एसएलसी पास भए । उनको सोच विज्ञान विषय लिएर पढ्ने सोच थियो तर आर्थिक अभावका कारणले विज्ञान विषय पढ्न सकेनन् । फेरी उनी डाईनामिक उच्च माविमा ११ र १२ अध्ययन गरे । उनलाई कक्षा ११ र १२ को अध्ययन पुरा गर्न आर्थिक अभाव निकै गु्रजियो तर उनको सोच भनेको अध्ययन बाहेक अरु केही थिएन । त्यसपछि आफ्नो अध्ययन पुरा गर्न उनले रुपाचा विलिभर्स अंग्रेजी स्कुलमा अध्यापन गराउन थाले ।

कक्षा ११ र १२ को बिहान ६ बजेदेखि १० बजेसम्म कक्षा लिन्र्थे भने उता रुपाचा विलिभर्स अंग्रेजी स्कुलमा बिहान १० बजेदेखि ४ बजेसम्मको उनको अध्यापन गराउँर्थे । तर उनी अध्ययनको कामलाई थन्काएनन् उनले राती १० बजेसम्म अध्ययन कार्यमा नै जोड दिन्र्थे । भनिन्छ, ‘परिश्रमको फल पाइन्छ’ भनेजस्तै भयो उनले फेरी पनि कक्षा ११ र १२ मा प्रथम श्रेणीमा पास भए । स्नातकोतर तह अध्ययनका लागि बागेश्वरी बहुमुखी क्याम्पसमा भर्ना समेत भएका हुन । उनले बागेश्वरी बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकायमा पाठ्यक्रम तथा मूल्यांकन विषय लिएर पढ्न सुरु सन २०१९ मा गरे । उनले सबै सेमिष्टरमा निरन्तर उर्तिण भए ।

उनको ३.२४ जिपिए आएको थियो त्यो देखेर आमाबुवा, शिक्षक, साथीभाईहरु निकै खुसी व्यक्त गर्नुभयो । स्नाकोत्तर तह अध्ययनका लागि बागेश्वरी बहुमुखी क्याम्पसको स्नाकोत्तर तह अध्ययन गर्न थाले पछि उनले प्राथमिक तहको स्थाई दरबन्दीमा प्रा वि तृतीय श्रेणिमा नाम निकालेका हुन । बिहान र दिउसो जस्तै स्कुलमा पढाउन जान्थें स्नाकोत्तर तह पढाइ साँझ ४-७ भएकोले साँझपख सधै कलेजमा अध्ययन गर्ने जान्थे ।

शिक्षाशास्त्र संकायमा पाठ्यक्रम तथा मूल्यांकन विभागका प्रमुख एकराज शर्मा हुनुहुन्छ । उहाँले जहिलेपनि विद्यार्थीको जीवनमा मेहेनत र परिश्रम गर्दै गएमा लक्ष्य, उदेश्य सहित पक्कै जीवनमा उज्यालो छाउनेछ, मेहनत र परिश्रमले हाम्रो जिवनमा सफलता मिल्छ र मानवीय जिवनको अर्थ प्राप्त हुने हौसला दिने गर्नु हुन्थ्यो भन्दै उनले आफ्नो अनुभव समेत सुनाए ।

एक दिन दिउँसो खाली पिरेडमा घाम तापेर विद्यालयमा बसेको बेला अलि आलस्य अनुभव भइरहेको थियो । मोबाइलमा डाटा खोलेर फेसबुक हेर्न खोजे विकट ठाउँमा होला डाटा राम्ररी चलिरहेको थिएन । करिब ३/४ मिनेटको समयपछि फेसबुक लाईट खुल्यो । शिक्षाशास्त्र संकायमा पाठ्यक्रम तथा मूल्यांकन विभागका प्रमुख एकराज शर्माले गुरुले पठाएको म्यासेजले घले झस्किएको कुरा सुनाए । घले जी तपाईले मध्यपश्चिम विश्वविद्यालयमा पाठ्यक्रम तथा मूल्यांकन विषयमा स्नातकोत्तर तहमा टप हुनुभएकोमा कुलपति पदक पाउने हुनु भएकोले म हुदयदेखि धन्यवाद सहितबधाई सहित शुभकामना छ भन्ने म्यासेज देख्दा मेरा आखाँबाट आसु आयो । म निकै गम्भिर भए । त्यसपछि पून म्यासेज आयो मध्यपश्चिम विश्वविद्यालयको सूचनाको लिंक ।

फेरी खोले, त्यसमा भनिएको रहेछ मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दिक्षान्त समारोहमा आफ्नो विद्यार्थीले प्राप्त गरेको शैक्षिक सफलता र आफ्ना छोराछोरिले प्राप्त गर्ने सफलताको खुसीमा कुनै भिन्नता हुदैन । मेरो प्यारो विद्यार्थी ईसाक घले स्नातकोत्तर तहमा कुलपति पदक प्राप्त गर्न सफल भएकोमा । जिवनको सफलता अनि जितको लागि बधाई तथा शुभकामनाका शब्दले भरिएका बधाईका ओइरो लागेर आयो साथीहरूले पनि बधाई दिनुभयो ।

आदरणीय क्याम्पस प्रमुख दान बहादुर हमाल लगायत विभागी प्रमुख गुरु एकराज शर्मा सहित विभागका अन्य गुरुहरु टेकेन्द्र कुमार महतरा, गोपिलाल शर्मा, रविन्द्र सुवेदी, निवर्तमान क्याम्पस प्रमुख शिशिर कुमार शर्मा त्यो देखेर सुनेर म एकदमै खुसी भए, आफैंलाई आकाशमा उडिरहेको जस्तो महसुस गरे । लगत्तै आफ्नो परिवारको आमाबुवा, भाई, प्यारी श्रीमतीलाई यो खबर सुनाए । परिवारका सबैजना यो खबर सुनेर अत्यन्तै खुसी हुुनुभयो । अझै प्रगति गर्नु भनेर शुभकामना दिनुभयो ।

आजभोलि पढ्दै गरेका विद्यार्थी भाई बहिनीहरुलाई जीवनमा जतिसक्दो मेहनत गरौं पढ्न नछोडौं मेहनत नै सफलताको कडि हो जिवनमा असफलता भनेको कहिलेकाहि हुँदो रहेछ तर सफलता मेहनत, अभ्यासको कारण सधै नभए पनि बेला मौकामा हुन्छ । तैपनि हार नमानौँ यो आशा राखौं कि एकदिन हामी सफल हुनेछौं, यो याद राखौं कि जिबनमा दुःख र असफलता भनेको परि नै रहन्छ ।

संसारमा जिवनमा नरोएको मन र आँसुले नभिजेकोे आँखा कसैको हुँदैन । यो याद राखौँ कि रात सधैंभरी रहँदैन । रातपछि उज्यालो पक्कै हुन्छ । जीवनमा पनि मेहेनत र परिश्रम गर्दै गयौ भने पक्कै हाम्रो जीवनमा उज्यालो छाउनेछ । हाम्रो मेहनत र परिश्रमले हाम्रो जिबनमा सफलता ल्याउनेछ ।