
कोहलपुर । आधारभूत विद्यालय स्तरीय हस्तलेखन प्रतियोगितामा पञ्चमुखी ईमि स्कुल प्रथम भएको छ ।
१८ औं राष्ट्रिय पुस्तकालय दिवस तथा २१ औ साधारण सभाको अवसरमा आधारभूत विद्यालय स्तरीय हस्तलेखन प्रतियोगितामा पञ्चमुखी ईमि स्कुल प्रथम भएको हो ।
उद्योग वाणिज्य संघ कोहलपुरका प्रमुख प्रदिप भट्टराईको अतिथ्यितामा भएको कार्यक्रममा ज्ञानोदय सामुदायिक पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईको सभापतित्वमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले वडाबाट हुने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले पुस्तकालय आफैमा ज्ञानको भन्डार भएकोले यसको प्रयोग गर्नु आजको आवश्यकता भएको जानकारी दिए ।

यहि भाद्र ८ गते हस्तलेखन प्रतियोगितामा कोहलपुरका १७ वटा माध्यमिक विद्यालयहरु सहभागिता जनाएका थिए जसमध्ये पञ्चमुखी ईमि स्कुलकी छात्रा सृष्टी रेग्मीले १११ अंक प्राप्त गरी प्रथम भएकी हुन् ।
यस्तै द्धितीय हुनेमा जीवनज्योति स्कुल आरध्या गैरेले १०७ अंक प्राप्त गरेकी थिइन् भने नेपाल एपीएफ स्कुलका छात्रा दिपिका चन्दले १०६ अंक प्राप्त गरी तृतीय भएका हुन् ।

ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको हलमा भाद्र १५ गते पुरस्कार वितरण हुने भएको आमन्त्रण गरिएको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका सचिव एकराज शर्माले जानकारी दिएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्