आँखा परिक्षण तथा उपचारका लागि बोहोरा आँखा उपचार केन्द्र बाँसगढीमा




रावन विश्वकर्मा,

बर्दियाको बाँसगढीमा बोहोरा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । मानव शरीरको संवेदनशील अंग मध्यको आँखा उपचारका लागि बर्दियाको बाँसगढीमा बोहोरा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याईएको हो । बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष रामसिंङ थारु र नगर अस्पताल बाँसगढीका अध्यक्ष तथा औषधी व्यवसायी संघ बर्दियाका अध्यक्ष सुरेश कुमार रेग्मीले सोमबार बोहोरा आँखा उपचार केन्द्रको संयुक्त रुपमा रिवन काटेर उद्घाटन गर्नुभयो । अत्याद्योनिक प्रविधि सहित दृष्टि विशेषज्ञ द्धारा आँखाको परिक्षण तथा उपचारका लागि बोहोरा आँखा उपचार केन्द्र बाँसगढी मै सञ्चालनमा आए सँगै स्थानियहरु खुसी भएका छन् ।

आँखा उपचार केन्द्र उद्घाटन भए सँगै दृष्टि रोग विशेषज्ञ उमेश बोहोरा द्धारा बाँसगढी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बद्री बराल, प्रतिष्ठीत व्यापारी तथा समाजसेबी ईन्द्रजित बुढाक्षेत्री, भुपेन्द्र मेडिकलका मोहन शाक्य लगायतले आँखाको परिक्षण गराउनु भएको छ । आँखा उपचार केन्द्रमा मोतिविन्दु, जलविन्दु लगायत आँखा तथा दृष्टि सम्बन्धी सम्पुर्ण समस्याहरुको परिक्षण तथा उपचार सँगै आवश्यक औषधी उपलब्ध गराईने दृष्टि रोग विशेषज्ञ उमेश बोहोराले बताउनु भयो ।

केन्द्रमा आँखाको पावरका्े नम्वर चेक जाँच गरि ५ मिनेट भित्रमा चश्मा उपलब्ध समेत गराईने छ । केन्द्रमा आँखा रोग सम्बन्धी सामान्य शल्यक्रिया गरिने र अप्रेशन गर्नु परेमा सम्बन्धीत ठाँउमा रिफर तथा आवश्यक परामर्श समेत दिईने जनाईएको छ ।

बोहोरा ड्राभिभ सेन्टर, बोहोरा फर्निचर उद्योग तथा बोहोरा आखा उपचार केन्द्रका सञ्चालक दिल बहादुर बोहोराको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बाँसगढी नगरपालिका ५ का वडा अध्यक्ष नरेन्द्र गिरी, बाँसगढी उद्योग वाणिज्य संघका महासचिव युगपति पौडेल, समाजसेबी लाल बहादुर क्षेत्री, उद्योग व्यापारी, समाजसेबी लगायतको उपस्थिति रहेको थियो । युवा समाज सेबी तथा बाँसगढी उद्योग वाणिज्य संघका सदस्य एकनारायण अधिकारीले सञ्चालन गरेको कार्यक्रममा बिभिन्न व्यक्तित्वहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो भने दृष्टि रोग विशेषज्ञ उमेश बोहोराले आँखा उपचार केन्द्रको बारेमा जानकारी गराउदै सहभागिहरुलाई स्वागत समेत गर्नुभएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन ३० गते सोमबार