काेहलपुर ।
प्रेस सेन्टर नेपाल नेपालगंज शाखाको अध्यक्षमा चन्द्र बोहरा चयन भएका छन्। शाखाको उपाध्यक्ष अमर शाही, महिला समावेशी उपाध्यक्ष सबिता चन्द, सचिव आकाश कसौधन(गुप्ता) सह सचिव गणेश पौडेल, अरशद अलि रङ्ग्रेज रकोषाध्यक्षमा शेर बहादुर बोहरा भएका हुन् ।
त्यस्तै सदस्यहरुमा पुष्पा सुनार, दिपा मगर सहित १९ सदस्य नगर समिति चयन गरिएको छ । प्रेस सेन्टरले पालिका स्तरिय शाखा विस्तार अभियान अन्तर्गत पहिलोपटक नेपालगंज शाखा विस्तार गरेको हो । नयाँ नेतृत्व आइसकेपछि प्रेस सेन्टर बाँकेले आईतबार नोपलगंजमा प्रथम ऐतिहासिक भेलाको आयोजना गरि पालिका स्तरिय शाखा विस्तार अभियान सुरु गरेको हो ।

आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रेस सेन्टरका केन्द्रिय सदस्य सुशिल शर्माले परिवर्तनको संवाहको रुपमा सगंठनको उदय भएको बताउँदै समाजवादको सवालमा सदैव अगाडी रहेको बताए । यति बेला संगठन निमार्ण अभियान जुटेका छौँ,उनले भने समावेशी मर्म अनुसार नेतृत्वको विकास हुनुपर्छ भन्ने हाम्रो धारणा छ ।’ समाजवादमा जाने प्रश्रमा उनले सबैभन्दा पहिले सविंधानका मौलिक हकहरु कार्यान्वयन हुन जरुरी रहेको बताए ।
‘हामी मध्यान्तर अवस्थामा छौँ,उनले भने ‘गणतन्त्र अझै संस्थागत हुन सकेको छैन, सविंधानलाई कसरी बचाउने भन्ने खतरा बढेको छ ।’ त्यस्तै उनले पछिल्लो समय पत्रकारहरु आफ्नो उद्देश्यमा अल्मलाई रहेको बताउँदै परिस्थीती अनुसार आफुलाई समायोजन गर्दै अगाडी बढ्न आग्रह गरे ।

कार्यक्रममा प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट प्रसाद धितालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संगठनका केन्द्रीय सदस्य सुशील लामिछाने सेन्टरका जिल्ला ईन्चार्ज प्रदीप वाग्ले, नगर ईन्चार्ज आलम खान, नेकपा माओवादी केन्द्र प्रदेश सदस्य तथा नगर ईन्चार्ज आकल बहादुर बम, नगर अध्यक्ष रतन शाही, वाइसिएलका केन्द्रीय सदस्य मिना चादरा मनिषा, किसान महासंघ क्रांतिकारीका केन्द्रीय सदस्य प्रेम सापकोटा, आदिवासी जनजाति पत्रकार महासंघका प्रदेश अध्यक्ष गजेन्द्र गुरुङ, थारु पत्रकार संघका बाँके अध्यक्ष हेमन्त चौधरी, सहसचिव केपी घिमिरे यात्री र निर्वाचन प्रमुख तीर्थ ज्ञवाली लगायतले पत्रकारिता निष्पक्ष ढंगले चलाउन सकेमात्रै देश सहिमार्गमा अघि बढ्ने बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्