दुबई जाँदै खेलकुद मन्त्री अथक




युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) एन्टी डोपिङ सम्बन्धि कार्यक्रममा भाग लिन दुबई जाँदैछन । नेपाल एयरलाईन्सको बिमानबाट मन्त्री अथक आईतबार राती ११ः३० बजे दुबई जान लागेका हुन । मन्त्रीसँगै मन्त्रालयका सचिव डा. दामोदर रेग्मी समेत दुबई जाने कार्यक्रम रहेको छ ।

मार्च १४ देखी १५ सम्म दुबईमा हुने खेलकुदमा एन्टी डोपिङ सम्बन्धी १७औं एशिया/ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा सहभागी हुन मन्त्री अथकको नेतृत्वमा नेपाली टोली त्यसतर्फ जान लागेको हो ।

विश्व एन्टी डोपिङ संघ (वाडा) को आयोजनामा हुन गईरहेको उक्त कार्यक्रममा एशिया क्षेत्रका खेलकुद मन्त्रीहरुको सहभागीता रहने बताईएको छ । मन्त्री अथक आउँदो चैत्र २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन २९ गते आइतबार