एकैदिन तोलामा ३५ सय रुपैयाँले घट्यो सुनको मूल्य




सुनको मूल्य एकै दिन तोलामा तीन हजार पाँच सय रुपैयाँले घटेको छ । आज छापावल सुनको मूल्य एक लाख २ हजार रुपैयाँ तोकिएको छ ।

बुधबार हालसम्मकै उच्च विन्दु प्रतितोला एक लाख ५ हजार पाँच सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यस्तै तेजावी सुन र चाँदीको मूल्य आज तोलामा क्रमशः एक लाख एक हजार पाँच सय र १४ सय पाँच रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार प्रतितोला तेजावी सुन एक लाख ५ हजार रुपैयाँ र चाँदी १४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन २६ गते बिहीबार