काेहलपुर ।
पश्चिम नेपालमा पहिलो पटक आजदेखि नेपालगन्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरू भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालगन्ज उपमहानरपालिका र नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाट्टा) च्याप्टर बाँकेको आयोजनामा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरू भएको हाे । जसमा एक सय वटा मार्टका स्टल रहेका छन् ।
वेष्टर्न ट्राभल मार्ट सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष श्रीराम सिग्देलले मार्टमा ५० बढी भारतीय दुर अपरेटरका साथै दिल्ली, उत्तराखण्ड, लखनउ, बहराइच र रुपैडियाका कम्तीमा १५ बढी भारतीय पत्रकार, स्वदेशी पर्यटन व्यवसायी गरी झन्डै तीन सय जना सहभागी भएका छन् ।
बागेश्वरी मन्दिर परिसरदेखि नेपाली कला, संस्कृति झल्कने झाँकीसहित मार्च पास गरेर बिहान नेपालगन्जको फोर स्टार होटल सिद्धार्थ भ्यूमा मार्टको उद्घाटन भएकाे छ । मार्टको उद्घाटन राउटे मुखिया सूर्यनारायण शाहीले गरेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्