Kohalpur Today Header Ads

थप २२४ कोरोना संक्रमित, २५१ जना निको




नेपालमा २४ घण्टामा १० हजार ९२ परीक्षण हुँदा २२४ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार देशभर ६ हजार ९३६ पीसीआर परीक्षणमा ६८ र ३ हजार १५६ एन्टिजेन परीक्षणमा १५६ जनामा पोजिटिभ देखिएको हो ।

२४ घण्टामा २५१ जना निको भएका छन् । सोही अवधिमा ९६ हजार ८९ जनाले खोप लगाएका छन् । बुधबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ६९२ रहेको छ ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

मन्त्रालयकी प्रवक्ता डा‌‌ संगीता मिश्राले कोभिड १९ को संक्रमण दर कम हुँदै गए पनि यस विरुद्धको खोप लगाउन धेरै नागरिक बाँकी रहेकाले कुनै पनि बेला संक्रमण बढ्न जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरिन् ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन २५ गते बुधबार