काेहलपुर ।
११२औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरिएको खुल्ला छात्रा भलिवल प्रतियोगिताको सम्पन्न भएको छ ।
क्रिसा कोहलपुरको आयोजनामा भएको प्रतियोगितामा नमुना विद्या सदनले प्रथम भएको छ । दोस्रो प्रयत्न मावि, तृतिय दिप ज्योति विद्या निकेटन र सान्तोना रामजानकी मावि विजय भएका छन् । विजय भएका टिमलाई नगद पुरस्कार ,मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् ।
यस्तै प्रथमले १०,००० हजार दोस्रोले ७,५०० तेस्रोले ५,००० र सान्तोनाले २,५०० नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिता ब्रिज इन्टरनेशनलको खेल मैदानमा भएको थियो ।
पुरस्कार वितरण गदै क्रिसा कोहलपुरका अध्यक्ष दिनेश सिग्देलले कोहलपुर क्षेत्रमा क्रिसाले खेलकुदको विकासकोलागी लागी परेको वताए । खेलकुद भनेको मानिसलाई स्वस्थ् तथा उर्जासिल राख्ने वताए । कार्यक्रमा प्यावसन बाँके अध्यक्ष यम बहादुर रावतले क्रिसाले गरेको खेलकुद प्रतिको लगानीलाई स्थानिय सरकारहरुले प्रोत्साहन गर्नु पर्ने वताए ।
अहिले कोरोनाका कारण क्रिसा रनिङ शिल्ड प्रतियोगिता आयोजना हुन नसकेको वताए । क्रिसाकाले सवै विद्यालयहरुलाई खेल प्रतिको लाग्न वतावरण वनाएको वताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्