वागेश्वरी बहुमुखी क्याम्पसमा प्राज्ञिक विद्यार्थी ईकाइ समिति गठन

कोहलपुर  ।

मध्यपश्चिम विश्वविद्यालय बहुमुखी क्याम्पस कोहलपुरमा आयोजित प्राज्ञिक विद्यार्थी परिषदको एक दिवसीय अभ्यास वर्गमा आतिथ्यता सहित क्याम्पस स्तरीय कमिटी गठन गरियो ।

क्याम्पस ईकाइ कमिटी गठन कार्यक्रम बोल्दै वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर प्राध्यापक एवम् प्राज्ञिक विद्यार्थी परिषद वागेश्वरी क्याम्पसका संयोजक एकराज शर्माले हरेक नागरिकहरु असल, सभ्य, अनुशाशीत हुनुपर्ने कुरामा जोड दिए । मानिसमा ज्ञान, सिल र एकता अनिवार्य हुनुपर्ने कुरा वताउदै जसको कारण रास्ट्रप्रतिको जिम्मेवारी थप हुने कुरामा जोड दिए ।

आज नेपाल आमा र नेपाल रास्ट्रले त्यो खालको प्राज्ञिक थलो खोजेको जिकिर गरे । देश रहे हामी र हाम्रो अस्तित्व रहने भएकोले देशलाई भ्रष्टाचारमुक्त बनाउनु, देशको माया गर्ने र देश समर्पणमा लाग्न आग्र्अ गरे । उनले भने आज कता कता नेपाल आमा रोईरहेकोले त्यो वातावरण बाट मुक्त गराई हरेक नेपालीले आ आफ्नो जिम्मेवारी बहन गरेर नेपाल आमाको आँसु पुछ्नु आवश्यक रहेको तर्क गरे ।

प्राज्ञिक विद्यार्थी परिषदमा लागेर काम गर्दा हरेकमा नेतृत्व गर्ने, तर्क गर्ने, बहस गर्न सक्ने र नडराई काम गर्ने खालको व्यक्तिगत विकास हुने, समाजमा सजिलै स्थापित हुने वातावरण तयार हुने भएकोले सबै प्राज्ञिक व्यक्तिको थलोबाट् सिकाइ हुने भएकोले सबैलाई शुभकामना दिएका थिए । कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषदका केन्द्रिय सचिव बाबुराम मरासिनिले परिषदको नीति विधि, संगठन र यसको उदेश्यमा प्रकास पारेका थिए । कार्यक्रमका संयोजक एकराज शर्माले व्यानर पढेर उदघाटन गरेका थिए ।

परिषदका केन्द्रिय सदस्य भिम रोकायले परिषदमा लाग्दा व्यक्तिमा हुने क्षमता विकासको चर्चा गर्दै एक घन्टा प्रशिक्षण दिएका थिए । परिषदका निवर्तमान केन्द्रिय सचिव प्रकाश शर्माले कार्यक्रमको बारेमा ध्यानाकर्षण गराउदै क्याम्पस र कोहलपुर नगर कमिटी गठनको प्रक्रिया वताएका थिए । उक्त कार्यक्रम मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी क्याम्पस इकाई कमिटी समेत गठन गरिएको छ ।

जसमा संयोजक नवराज वि. क., सह-संयोजक संगिता रोकाय, सचिव, मानसरा कुमारी शर्मा, सह-सचिव सुजिता क्षेत्री र कोषाध्यक्ष प्रर्मिला चौधरी भएका छ्न । बांकी थप ३ जन पहिलो वैठक्बा थप हुने गरि आठजनाको कमिटि गठन गरिएको प्राध्यापक शर्माले जानकारी दिए । उक्त कार्यक्रममा कोहलपुरमा रहेका ४ वटा क्याम्पसमा अध्यनरत विद्यार्थीको सहभागिता रहेको थियो ।