उपशाखा स्तरीय निबन्ध र हाजिरी जवाफ प्रतियोगितामा रामजानकी र दिव्य विद्या सदन प्रथम

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका-११ मा रहेको नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुरमा उपशाखा स्तरीय निबन्ध र हाजिरी जवाफमा प्रतियोगिता सम्पन्न भएको छ । आज भएको प्रतियोगितामा कोहलपुरका १० वटा विद्यालयहरुले भाग लिएका थिए ।

उपशाखा स्तरीय निबन्ध प्रतियोगितामा रामजानकी माविमा अध्ययनरत पुष्पा खत्री प्रथम भएकी छिन् । सगरमाथा ज्ञानपुञ्जमा अध्ययनरत भव्यश्वरी शाही द्धितीय र शिवशक्ति आधारभूत विद्यालयमा अध्ययनरत सृष्टि बुढा मगर तृतीय भएकी छिन् ।

यस्तै उपशाखा स्तरीय हाजिरीजवाफ प्रतियोगितामा दिव्य विद्या सदन मावि प्रथम भएको छ । जसमा कमलराज उपाध्याय, गरिमा साहु र बसन्त रानाले भाग लिएका थिए ।

यस्तै रामजानकी मावि द्धितीय स्थान प्राप्त गरेको छ । जसमा मानव शर्मा, स्वस्तिका सिग्देल र कृपेश खत्रीले भाग लिएका थिए ।

यस्तै गोर्खा यूनाईटेड स्कुल तृतीय भएको छ । जसमा सुलिल भट्ट, दिपेश बोगटी र करुणा पुन मगरले भाग लिएका थिए । हाजिरी जवाफ प्रतियोगिताको मध्यपश्चिम विश्वविद्यालयका प्रध्यापक प्रमोद सुवेदीले सहजिकरण गरेका थिए ।

यस्तै नेपाल रेडक्रस उपशाखा कोहलपुरका सभापति दिनेश सिग्देलले बालबालिकाको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले हरेक वर्ष यो कार्यक्रमको आयोजना गरिरहेको बताए । उपशाखा स्तरीय प्रतियोगितामा उत्कृष्ट हुनेलाई प्रदेश स्तरीय प्रतियोगितामा सहभागि हुन पाउने सभापति सिग्देलले बताए ।

नेपाल रेडक्रस शोसाइटी उपशाखा कोहलपुरका कार्यालय प्रमुख युवराज पोख्रेलले कार्यक्रमको सहजिकरण गरेका थिए । कार्यक्रममा बालबालिका, प्रअ लगायत शिक्षकहरुको समेत उपस्थित रहेको थियो ।