हरिमाया राेकाय, कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका १२ मा हात्तीपाइले रोग विरुद्धको औषधी ८ सय बढिले सेवन गरेका छन् । विहिबार कोहलपुर नगरपालिका १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहले औषधी सेवन गरी उद्घाटन गरेका थिए ।
कोहलपुर सिकलसेल ल्याबका प्रमुख तथा हेल्थ असिस्टेन शिव गौतमले काेहलपुर नगरपालिका १२ वडामा ९ हजार ५ सय जनालाई औषधी सेवन गराउनुपर्ने बताए । आज पहिलो दिनमा ८ सय ५ जनाले औषधी खाएका छन् भने निबुवा, रामजानकी टोल, मसुरिखेत र ज्ञानज्योति मावि टोलमा बुथ सञ्चालन गरी औषधी खुवाएको गौतमले जानकारी दिए । भोली समेत खुवाउने भएकोले वडा अध्यक्ष तथा सम्बन्धीत बुथ केन्द्रमा आउनुहुन समेत गौतमले अनुरोध गरेका थिए ।

यस्तै कोहलपुर नगरपालिका १२ का वडा अध्यक्ष विरेन्द्र शाहले हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गर्नुहुन अनुरोध गरेका छन् । आफुले सेवनगरेपछि वडाबासीहरुलाई अनुरोध गरेका थिए । उनका अनुसार दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र ७ दिनसम्मका सुत्केरी, छारे रोगी तथा सिकिस्त बिरामीले भने खान नहुने र अरु व्यक्तिले खानासँगै वा खानापछि यो औषधी खान मिल्ने वडा अध्यक्ष शाहले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।















प्रतिक्रिया दिनुहोस्