Kohalpur Today Header Ads

बेटर बाँके र परिवर्तनशील युवा क्लबले ४३ हजार बढि सहयोग




New Karnali

कोहलपुर । बेटर बाँके, परिवर्तनशील युवा क्लब र सामाजिक अभियान्ताले ४३ हजार बढि संकलन गरी सहयोग गरेका छ ।

बाढिपिडित राहत सहयोग अभियान अन्तर्गत कोहलपुरका विभिन्न चोक चौराहमा च्यारिटि रोड सो मार्फत संकलित रकमलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रत्यक्ष पिडितलाई सहयोग गरेका हुन् ।

LIfe Ok

भोटेकोशिमा आएको बाढिका कारण बेपत्ता हुनुभएका कोहलपुर–१२ निवासी वीरेन्द्र प्रसाद जोशी र सत्य जोशीकी छोरी सुनिता जोशीलाई रु. १२ हजार ८ सय ६६ रुपैयाँ सहयोग गरेको बेटर बाँकेका अध्यक्ष सञ्जय मण्डलले जानकारी दिए ।

मण्डलका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० हजार ४ सय २६ रुपैया सहयोग गरेको बताए । सो च्यारिटि रोड सो कार्यक्रममा सामाजिक अभियान्ता कपिल शाह, रिषि थापा लगायत विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ भदौ २० गते शनिबार