कोहलपुर बसपार्कमा मृत अवस्थामा भेटिएकाे शवकाे तीन दिनसम्म पहिचान खुलेन

कोहलपुर ।

कोहलपुर बसर्पाकमा एक जना मृत अवस्थामा शव फेला परेको थियाे ।

शुक्रबार साँझा ९ बजेतिर कोहलपुर बसपार्कमा एक जनाकाे शव फेला परेको हो । साे शव भेटिएकाे तीन दिन भयाे तर काे हाे भन्ने पत्ता लग्न सकेकाे छैन ।

काेहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएपी रविन्द्र खनालका अनुसार बसपार्कमा भेटिएकाे शवकाे परिचय नखुलेको बताएका छन् ।

उनका अनुसार बसपार्कमा मागन्ते हाे भन्ने शंका गरेका छन् । थप अनुसन्धान भैरहेकाे इलाका प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।