बाँसगढी महोत्सवमा आज नायिका पुजा शर्मा नायक सुदर्शन थापा र गायक प्रमोद खरेल आउदै

रावन विश्वकर्मा,

वाईवाई पाँचौ बाँसगढी महोत्सवमा आज मंगलबार नायिका पुजा शर्मा र नायक सुदर्शन थापा आउने भएका छन् । बाँसगढी उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित महोत्सवमा फागुन २४ गते मंगलबार आज नेपाली चलचित्र जगतकी उदयमान नायिका पुजा शर्मा र नायक सुदर्शन थापा आउने भएका हुन् । शर्मा र थापाले समेत अभिनय गरेको नेपाली चलचित्र म यस्तो गित गाँउछु २ पनि अहिले हलमा चलिरहेको छ । नेपाल सिनेमा क्षेत्रमा सफल नायिकाको रुपमा समेत पुजा शर्मा परिचित छिन् ।

त्यस्तै नायक सुदर्शन थापाले पनि थुपै चलचित्रमा अभिनय गरिसकेका छन् । अझै पनि, चंखे, पंखे शंखे, धन्दा लगायतका चलचित्रमा नायक थापाले सफल अभिनय गरिसकेका छन् । आज मंगलबार नै गायक प्रमोद खरेल, गायक नरेश जोगीर मोडल टिका जैसी लगायतका कलाकारहरुको उपस्थिति रहने मेला प्रचार प्रसार उपसमिति संयोजक एकनाराण अधिकारीले जानकारी दिनुभयो । यहि फागुन १६ गते देखी सुरु भएको महोत्सव यहि फागुन २६ गते समापन गरिने मेला मुल आयोजक समितिका संयोजक तथा बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष रामसिङ थारुले जानकारी दिनुभयो ।

महोत्सवमा सर्वसाधरणलाई ८० र विद्यार्थीहरुका लागि ५० रुपैया प्रवेश शुल्क राखिएको छ । “घुम्न जाऔँ बाँसगढी महोत्सव” भन्ने मुल नारा सहित वाई वाई पाँचौ बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार मेला तथा बर्दिया महोत्सव आयोजना गरिएको हो ।