Kohalpur Today Header Ads

बैजनाथका सबै सामुदायिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गर्न निर्देशन




बैजनाथ । बैजनाथ गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै सामुदायिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) गठन तथा पुनर्गठन प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको छ।

शिक्षा, युवा तथा खेलकुद शाखाले २०८३ साउन २० गते जारी गरेको पत्रमा अधिकांश विद्यालयका व्यवस्थापन समितिको कार्यकाल समाप्त भइसकेको उल्लेख गर्दै शिक्षा नियमावली, २०५९ (दशौँ संशोधन) अनुसार नयाँ समिति गठन गर्न भनिएको छ।

LIfe Ok

गाउँ शिक्षा समितिको २०८३ साउन १९ गतेको निर्णय बमोजिम जारी गरिएको उक्त पत्रमा सबै सामुदायिक विद्यालयले कानुनी व्यवस्था अनुरूप विद्यालय व्यवस्थापन समिति गठन तथा पुनर्गठनको प्रक्रिया तत्काल पूरा गर्नुपर्ने उल्लेख गरिएको छ।

यस निर्णयसँगै बैजनाथ गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुने अपेक्षा गरिएको छ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ साउन २० गते बुधबार