कोहलपुर १२ वडाले आफ्नै भवनबाट सेवा सुरु

चुनावी एजेण्डामा रहेको प्रमुख एजेण्डा हो : प्रमुख रावत

कोहलपुर ।

कोहलपुर नगरपालिकाकाको १२ नम्बर वडा कार्यालयले आफ्नै भवनबाट सेवा सुरु गरेको छ । सोमबार एक औपचारिक कार्यक्रम गरी आफ्नैै भवनबाट सेवा सुरु गरेको हो । कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए ।

उद्घाटनको क्रममा बोल्दै रावतले आफ्नै एजेण्डामा रहेको सबै वडा कार्यालयहरु आफ्नो भवनमा हुनेछन् भन्ने छ त्यसले सार्थकता पाएको बताउनुभयो । चुनावी एजेण्डाहरुमा रहेका कोहलपुरमा सबै कामहरु भएको रावत बताउँछन् ।

कोहलपुर नगरपालिकामा लामोदुरीको बसपार्क, छोटोदुरीको बसपार्क, भ्यू टावर, बधशाला निर्माण, १५ सैय्याको अस्पताल, बाल अस्पताल, प्रत्येक वडामा आधारभुत अस्पताल, नगरपालिकाको कार्यालयमा सबै वडाहरुको पहुँच हुनेगरी पिच, दरबन्दी मिलानबाट गुणस्तरीय शिक्षा प्रदान, एक वडा एक पिच भन्ने निति तथा कार्यक्रम प्रभावकारी भएको लगायत अन्य विकास कामहरु भएको उनी दावी गर्छन् ।

‘कोहलपुर नगरपालिकाले केही पनि गरेको छैनन भन्छन् तर कहाँ हेर्छन मलाई थाहा छैन,’ उहाँले भन्नुभयो, ‘तर हामीले चुनावी जे एजेण्डाहरु ल्याएका थियौं त्यहि नै छ ।’ ‘बाँकी लालपूर्जाको काम मात्र बाँकी छ त्यो पनि कोहलपुर वडा नम्बर १ मा लालपूर्जा वितरण गर्ने योजनाका साथ नगरपालिकाले ६ जना कर्मचारीमार्फत काम सुरु गरेका छौं ।’ हाम्रो कार्यकालमा वडा नम्बर १ र २ वडाका बासिन्दाहरुलाई लालपूर्जा वितरण गर्ने तयारीमा लागिरहेको नगर प्रमुख रावतले बताउनुभयो ।

यस्तै कोहलपुर नगरपालिका वडा नम्बर १२ का का.व.अध्यक्ष नैन बहादुर शाहीले वडाबासीहरुको सेवा अझै सहज र सरल रुपमा दिने विश्वास व्यक्त गरे । ‘स्थानीय निर्वाचनभएपछि अहिलेसम्म प िआफ्नै भवनबाट सेवा दिन पाएका थिएनौं तर आजबाट आफ्नै भवनबाट सेवा दिन पाउँदा निकै खुसी भएको छु,’ उहाँले भन्नुभयोे, ‘ कोहलपुर वडा नम्बर १२ को बजेट डुडुवा खोलामा बाध, पुल र तडबन्ध जस्ता काममा खर्च भएको हुँदा सोचेजस्तो विकास हुन सकेको छैन ।’ तर कोहलपुर नगरपालिकाको ११ र १२ जोडने पक्की पुल निर्माण भएकोले बर्षाको समयमा निकै सहज भएको का.व. अध्यक्ष शाहीले बताउनुभयो ।

यस्तै कोहलपुर नगरपालिकाकी कार्यापालिका सदस्य नारायणी वलीले आधारभुत स्वास्थ्य कार्यालय वडा कार्यालयको भवन निर्माण कार्यसम्मको पूर्ण रुपमा लागेको बताउनुभयो ।

यस्तै कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले विभिन्न राजनितिक दलहरुले बनाएका निति नियमहरुलाई कार्यान्वयन गर्ने विषयमा जोड दिएका थिए । स्थानीय निर्र्वाचन हुँदा केही वडा, नगरपालिका स्थापना थियो होलान तर हरेक वडा कार्यालय अझै स्थापना हुुन सकेका छैनन त्यसैले कोहलपुर यो पक्षमा भने महत्वपूर्ण काम गरेको ढकाल बताउँछन् ।

यस्तै सो कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज सुर्य ढकाल, नेपाली काँग्रेसका कोहलपुर नगर सभापति विरेन्द्र शाह, नेकपा समाजबादीका जिल्ला सदस्य काली बहादुर डाँगी, नेकपा माओवादीका जिल्ला सदस्य यमु कडेल, राष्ट्रिय जनमोर्चाका भिम प्रसाद देवकोटा लगायतको उपस्थित रहेको थियो ।