काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणनाले शेरबहादुर देउवाले अरू उम्मेदवारसँग मतान्तर बढाएका छन् ।
राष्ट्रिय सभागृहमा चलिरहेको मतगणनामा देउवाले सुरूवातदेखि अग्रता लिएका थिए । अहिले प्रदेश २ र गण्डकीको मत गणना चलिरहेको छ, जसअनुसार १३०६ मत गणना हुँदा देउवाले ६२६ मत पाएका छन् ।
अर्का उम्मेदवार शेखर कोइरालाले ४८२ मत पाएका छन् । । प्रकाशमान सिंहले ११२, विमलेन्द्र निधिले ७८ र कल्यण गुरूङले ४ मत पाएका छन् ।
कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो ।
कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्