Kohalpur Today Header Ads

गोली प्रहार गरी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ




सिराहा । सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहा, इलाका प्रहरी कार्यालय महेशपुरपतार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार सिराहाको संयुक्त प्रहरी टोलीले ९२.३ ग्राम ब्राउन सुगर सहित २ जनालाई नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्दै भारततर्फ भाग्न खोजेपछि एक राउण्ड हवाइ फायर र एक राउण्ड गोली प्रहार गरिएको छ ।गोली लागेर भारत, मधुवनी जिल्ला पदमाहा ग्राम पञ्चायत–२ जोगिया टोल निवासी अन्दाजी २८ वर्षिय छोटु भनिने रञ्जित कुमार पासवान घाइते भएका छन्। सोही क्रममा इलाका प्रहरी कार्यालय महेशपुरपतारमा कार्यरत प्रहरी जवान हृदय नारायण ठाकुर पनि खुट्टामा चोट लागेर घाइते भएका छन्।

LIfe Ok

घाइते दुवै जनाको प्रादेशिक अस्पताल सिराहामा उपचार भइरहेको छ । घटनास्थलबाट भारतकै मधुवनी जिल्ला निवासी अन्दाजी १७ वर्षिय रमन कुमार पासवानलाई समेत नियन्त्रणमा लिइएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ असार ७ गते आइतबार