
कोहलपुर । कोहलपुर–११ स्थित दशबिगाह क्षेत्रको वातावरणीय स्वच्छता र सौन्दर्य प्रवर्द्धन गर्ने उद्देश्यले शनिबार वृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।
सामाजिक उत्तरदायित्व र स्वच्छ वातावरण निर्माणको अभियान अन्तर्गत स्वतन्त्र रूपमा आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय अगुवा, विभिन्न संघसंस्था तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको अगुवाइ गर्दै सामाजिक अभियन्ताले स्वच्छ वातावरण स्वस्थ जीवनको आधार भएकाले यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताए। सरसफाइ कार्यक्रममा शंकर न्यौपाने, सुर्य राेकाय, भरत तिवारी, कुश्माखर बस्याल, दिनेश केसी, हिरालाल राना, नेपाल रेडक्रस सोसाइटीका राजेन्द्र महतरा, कोहलपुर नगर प्रहरी, कोहलपुर सरसफाइ टिम तथा दशबिगाह अस्पतालका सुरक्षा र सरसफाइ टोलीको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूले सडक आसपास, सार्वजनिक स्थल तथा अस्पताल परिसर वरपर रहेका फोहोर संकलन गरी व्यवस्थापन गरेका थिए। सरसफाइका क्रममा प्लास्टिकजन्य फोहोर, कागज, बोतल लगायतका विभिन्न प्रकारका फोहोर संकलन गरी उचित व्यवस्थापनका लागि पठाइएको शंकर न्यौपानेले जानकारी दिनुभयाे।
कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षण केवल सरकारी निकायको जिम्मेवारी नभई सबै नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै समुदायस्तरबाट यस्ता अभियानलाई अझ व्यापक बनाउनुपर्नेमा नगर प्रहरी प्रमुख विर बहादुर थापाले बताउनुभयाे ।
स्थानीयवासीहरूले समेत सरसफाइ अभियानको प्रशंसा गर्दै यस्ता कार्यक्रमले वातावरणीय चेतना अभिवृद्धि गर्नुका साथै समुदायलाई एकताबद्ध बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
विगत लामाेसमयदेखि कोहलपुर क्षेत्रका विभिन्न सार्वजनिक स्थलमा सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेकाे छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्