बैजनाथ गाउँपालिकाले विश्व वातावरण दिवस मनायो




बैजनाथ । “समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने मूल नाराका साथ बैजनाथ गाउँपालिकाले विश्व वातावरण दिवस विविध कार्यक्रम गरी मनाएको छ ।

दिवसका अवसरमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले वातावरण संरक्षणको प्रमुख आवश्यकता भएको बताउँदै विकास निर्माणका सबै गतिविधिलाई प्रकृतिमैत्री बनाउनुपर्नेमा जोड दिए ।

शाहीले जलवायु परिवर्तनका असर दिनप्रतिदिन बढ्दै गइरहेको उल्लेख गर्दै वन संरक्षण, जलस्रोतको व्यवस्थापन, हरियाली प्रवद्र्धनमा सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले स्वच्छ वातावरणले मात्र स्वस्थ र समृद्ध समाज निर्माण गर्न सकिने बताइन् । रोकायले वातावरणीय सन्तुलन कायम राख्न स्थानीय तह, समुदाय, विद्यालय तथा विभिन्न संघसंस्थाबीच सहकार्य आवश्यक रहेको उल्लेख गरिन् ।

दिवसको अवसरमा वृक्षरोपण, सरसफाइ तथा वातावरण संरक्षणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ जेठ २२ गते शुक्रबार