
आम नागरिकलाई बजेटले के विषयमा कसरी छोएको छ ?
आउनुहोस् नियालौं कसले के पाए ?
बालबालिकाले के पाए ?
देशभरिका दलित बालबालिकाले पाउने बालपोषण भत्ता दोब्बर गरी मासिक रु. १ हजार पुर्याइएको छ ।
उच्च गरिबी भएका २५ जिल्लाका बालबालिकालाई पोषण भत्ता निरन्तरता दिइएको छ ।
बालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निःशुल्क उपचार हुनेछ ।
अटिजम भएका बालबालिकालाई लक्षित गरी पूर्वाधारयुक्त आवासीय नमूना विद्यालय सञ्चालन गरिने ।
युवाले के पाए ?
कृषि तथा पशुजन्य उद्यम गर्न चाहने एक हजार युवा उद्यमीलाई स्टार्टअप सुविधा उपलब्ध गराइने।
वैदेशिक रोजगारीबाट फर्किएकाको ज्ञान र सीप सदुपयोग गर्न ‘रिटर्नी माइग्रेन्ट कार्यक्रम’ कार्यान्वयन हुने ।
युवाहरूलाई कार्यस्थलमा आधारित छोटो अवधिको तालिम दिएर सीपयुक्त बनाइने ।
वृद्धवृद्धाले के पाए ?
सडकमा रहेका ज्येष्ठ नागरिकको पारिवारिक पुनर्मिलन तथा सामाजिक पुनर्स्थापना गरिने ।
वृद्ध भत्ताको रकम यथावत् । आर्थिक रूपमा सक्षम नागरिकलाई स्वेच्छिक रूपमा भत्ता त्याग्न ‘सक्नेले छोडौं, नसक्नेलाई जोडौं’ अभियान चलाइने ।
महिलाले के पाए ?
पाँचखाल विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई प्राथमिकता दिइने ।
कर्जा प्रवाहमा थप सहुलियत प्रदान गरिने ।
महिलाहरूको सुरक्षित आवागमनका ‘ब्लु बस सेवा’ सञ्चालन गरिने ।
महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशत वृद्धि
दुर्गम क्षेत्रकाका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार ।
कर्मचारीले के पाए ?
हाल खाइपाइ आएको पारिश्रमिकमा करिब २१ प्रतिशत खुद वृद्धि
ग्रेडसहित न्यूनतम पारिश्रमिक करिब रु. ४० हजारदेखि रु. १ लाखमाथि कायम हुनेछ ।
नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर ।
गरिबले के पाए ?
विपन्न नागरिक उपचार, आमा सुरक्षा र निःशुल्क औषधि लगायतका कार्यक्रमका लागि रु. १३ अर्ब १५ करोड विनियोजन
विपन्न तथा दूरदराजका नागरिकका लागि निःशुल्क कानुनी सहायता कार्यक्रम सञ्चालन गरिने ।
पिछडिएको क्षेत्रका बासिन्दाले के पाए ?
कर्णाली र सुदूरपश्चिम लगायतका दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा तथा विशेषज्ञ स्वास्थ्य सेवा सुनिश्चित गरिने ।
कर्णाली प्रदेशका दुर्गम स्थानहरूमा एयर एम्बुलेन्स सेवा सुरु गरिने ।
गुणस्तरीय टेलिफोन सेवा र नेटवर्क विस्तार गरिने ।
निजी क्षेत्रले प्रदान गर्ने शिक्षा तथा स्वास्थ्य सेवामा न्यूनतम दरमा ‘समता शुल्क’ लगाइने ।
किसानले के पाए ?
कृषि र पशु बीमामा ८० प्रतिशतसम्म प्रिमियम अनुदान उपलब्ध ।
रु. २ करोडसम्म प्रारम्भिक पुँजी लगानी गर्ने कृषकलाई ४० प्रतिशतसम्म अनुदान ।
किसानको परिचयपत्र वितरण गरिने ।
कृषि र पशु बीमा अनुदानबाहेकका अन्य अनुदानहरू क्रमशः हटाउँदै लैजाने ।
साना व्यवसायीले के पाए ?
साना तथा मझौला उद्योगीलाई वित्तीय पहुँच सुनिश्चित गर्न ‘फर्स्ट लस रिकभरी’ हुने गरी कर्जा सुरक्षण गरिने ।
पुँजी अभावका कारण पूर्ण क्षमतामा चल्न नसकेका व्यवसायलाई ‘व्यावसायिक पुनरुत्थान कर्जा’ उपलब्ध गराइने ।
वार्षिक रु. १० करोडभन्दा माथि कारोबार गर्ने सबै व्यवसायलाई अनिवार्य रूपमा केन्द्रीय बीजक अनुगमन प्रणालीमा आबद्ध गरिनेछ ।
उद्योगीले के पाए ?
औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तुभन्दा कम्तीमा एक तह न्यून हुने गरी २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको छ ।
उत्पादनमूलक उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न विद्युत् महसुलमा छुट ।
लिजमा उपलब्ध गराइने जग्गामा निर्मित संरचनालाई बैंकिङ प्रयोजनका लागि धितो राख्न सकिने ।
स्वास्थ्यकर्मीले के पाए ?
नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर र महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले वृद्धि ।
सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा रियल टाइम अनुगमनका लागि ‘एक नागरिक एक डिजिटल प्रोफाइल’ प्रणाली कार्यान्वयनमा ल्याइने ।
अनुगमन र नियमनमा कडाइ ।
शिक्षकले के पाए ?
शिक्षकको सेवा सुविधा सम्मानजनक रूपले निरन्तर वृद्धि हुने प्रबन्ध ।
विभिन्न प्रदेशका सामुदायिक विद्यालयका शिक्षक-विद्यार्थी आदानप्रदान कार्यक्रम सञ्चालन गरिने ।
शैक्षिक गुणस्तरका लागि ‘शिक्षक क्षमता परीक्षण’ गरिने ।
भूमिहीन तथा सुकुमबासीले के पाए ?
भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गरिने ।
अपाङ्गता भएका व्यक्ति र अल्पसंख्यकले के पाए ?
कृत्रिम हातखुट्टा र अपाङ्गता सहयोगी सामग्री उत्पादन गर्ने उद्योगले ल्याउने कच्चा पदार्थमा भन्सार महसुल छुट ।
सबै प्रदेशमा अपाङ्ग पुनर्स्थापना केन्द्र स्थापना गरिने ।
सरकारी वेभसाइट र सफ्टवेयरहरू अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने बनाइने ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई मर्यादित जीवनयापनका लागि सामाजिक अन्तरघुलन कार्यक्रम सञ्चालन गरिने ।
सहकारीका सदस्यले के पाए ?
समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ताका लागि एकीकृत बचतकर्ता सुरक्षा कोषबाट बचत फिर्ता पाउने
सहकारी संस्थाको अनुगमन र नियमनमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको भूमिका थप प्रभावकारी बनाइने ।
श्रमिकले के पाए ?
श्रम क्षेत्रमा लिखित सम्झौता, न्यूनतम ज्याला, बीमा, कार्यस्थल सुरक्षा र बैंकमार्फत पारिश्रमिक भुक्तानी अनिवार्य गरिने ।
अनौपचारिक र असंगठित क्षेत्रमा कार्यरत श्रमिक र ‘गिग वर्कर’ लाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गरिने ।
श्रमिक र रोजगारदाता अनिवार्य रूपमा श्रम रजिष्ट्रीमा आबद्ध हुनुपर्ने ।
गैरआवासीय नेपाली तथा वैदेशिक रोजगारमा रहेकाले के पाए ?
विप्रेषण (रेमिटेन्स) लाई प्रोत्साहन गर्न हरेक रिसिटमा आधारित लट्री कार्यक्रम सञ्चालन गरिने ।
गैर-आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन कानुनी व्यवस्था परिमार्जन गरिने ।
सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जाने अनिवार्य व्यवस्था मिलाइनेछ ।
मध्यम वर्गले के पाए ?
आयकर छुटको सीमा दोब्बर गरी व्यक्तिका लागि रु. १० लाख पुर्याइएको छ । र अधिकतम दरलाई १० प्रतिशत विन्दुले घटाइएको छ ।
डिजिटल भुक्तानीबाट खरिद गर्दा बीजक जारी हुँदाकै समयमा मूल्य अभिवृद्धि करको १० प्रतिशत छुट पाइने ।
अन्तिम तहको उपभोक्तालाई बिक्री गरिने मासिक ५० युनिटभन्दा बढीको विद्युत् खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लाग्नेछ ।
पेशा व्यवसायीले के पाए ?
सूचना प्रविधि सेवा निर्यातबाट आर्जित आयमा ५० प्रतिशत कर छुट दिइएको छ ।
सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिले प्राप्त गर्ने स्वेट इक्विटी रकममा शतप्रतिशत आयकर छुट हुनेछ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्