
File Photo
काेहलपुर । बाँके जिल्लामा २०८३ साल श्रावणदेखि पौष महिनासम्म विभिन्न सामुदायिक विद्यालयका २० जना शिक्षक अनिवार्य अवकाशमा जाने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ अन्तर्गत प्रकाशित नामावलीअनुसार प्राथमिक तहदेखि माध्यमिक तहसम्मका शिक्षकहरू उमेर हदका कारण अवकाशमा जान लागेका हुन् ।
अनिवार्य अवकाशमा जाने शिक्षकहरूमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय, जनज्योति माध्यमिक विद्यालय, जनता माध्यमिक विद्यालय, महेन्द्र मावि, नेपाल राष्ट्रिय मावि लगायतका विद्यालयमा कार्यरत शिक्षकहरू रहेका छन् ।
सूची अनुसार सबैभन्दा पहिले २०८३ साल वैशाखदेखि असोजसम्म विभिन्न मितिमा शिक्षकहरू अवकाशमा जाने उल्लेख गरिएको छ । अवकाश हुने शिक्षकमध्ये धेरैजसो प्राथमिक तहका स्थायी शिक्षक रहेका छन् ।
शिक्षा क्षेत्रमा लामो समय योगदान दिएका शिक्षकहरूको अवकाशसँगै विद्यालयहरूमा नयाँ जनशक्ति व्यवस्थापनको आवश्यकता समेत देखिएको छ । स्थानीय तह तथा सम्बन्धित विद्यालयहरूले रिक्त हुने दरबन्दी पूर्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरेका छन् ।
प्रकाशित नामावलीमा लक्ष्मण प्रसाद तिवारी, सीता पाेख्रेल, टिकाराम शर्मा, राेमती बुढाथाेकी, बद्रे आलम खाँ, दिर्घ राज बजगाईं, गोमा कुमारी ज्ञवाली, राम सुमिरन मिश्र, सुमन सिंह बस्नेत, सज्जाक खान, बसीर अहम्महद अन्सारी, टंक नाथ दहाल लगायतका शिक्षकहरूको नाम समावेश गरिएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्