
कोहलपुर । बाँकेको कोहलपुर–११ गोलपार्क (दक्षिणतर्फ) मा ‘सी–क्युब होम स्कुल’ सञ्चालनमा आएको छ । विद्यालयले अनुभवी तथा लाइसेन्स प्राप्त शिक्षकमार्फत न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने स्कुलका सञ्चालक छवि मल्लले जानकारी दिए ।
विद्यालयले अभिभावक, विद्यालय र कक्षा शिक्षकबीच राम्रो समन्वय कायम गर्दै विद्यार्थीलाई व्यक्तिगत रूपमा सिकाइमा जोड दिइने र प्रत्येक समूहमा ६/६ जना विद्यार्थी मात्र राखेर विशेष ध्यान दिने व्यवस्था गरिएको सञ्चालक मल्लले जानकारी दिए ।

यस्तै आधारभूत सीप विकासअन्तर्गत पढाइ, लेखाइ, गृहकार्य, कक्षाकार्य, आईसीटी (कम्प्युटर) तथा अंग्रेजी भाषामा विशेष जोड दिइने र सुरक्षित र मैत्रीपूर्ण पारिवारिक वातावरणमा अतिरिक्त क्रियाकलाप मार्फत नैतिक शिक्षासमेत प्रदान गरिने मल्लले जानकारी दिए ।
विद्यालयले बिहान ३ घण्टा वा बेलुका ३ घण्टाको कक्षा सञ्चालन गर्दै सातै दिन पढाइ हुने र थप जानकारीका लागि विद्यालयले सम्पर्क नम्बर समेत सार्वजनिक गरेको छ । काेहलपुर जेसिज २०२६ का डाइनामिक उपाध्यक्ष र नेल्टा बाँकेका आजिवन सदस्य समेत हुन् ।


कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्