कुन मन्त्रालयलाई कति बजेट विनियोजन ?

काठमाडौँ ।

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ बजेट छुटाएको छ भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यस्तै वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड रुपैयाँ, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका लागि ६ अर्ब ८२ करोड रुपैयाँ र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब १० करोड रुपैयाँ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्ब २८ करोड रुपैयाँ, औद्योगिक विकास र उद्यमशीलता विकासका लागि ६ अर्ब ५५ करोड रुपैयाँ र पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड रुपैयाँ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि सरकारले ११ अर्ब ९१ करोड रुपैयाँ र खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ बजेट विनियोजन गरेको घोषणा गरे । अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट पेस गर्दै सो घोषणा गरेका हुन् ।