Kohalpur Today Header Ads

‘दोस्रो वडा कप’ को उपाधि रेन्वो तेक्वान्दो डोजाङ्गलाई




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका १२ वडाको दोस्रो वडा कपको उपाधि रेन्वो तेक्वान्दो डोजाङ्गले लिएको छ ।

शुक्रबारदेखि ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने मुल नाराका साथ बाँके जिल्ला राष्ट्रिय तेक्वान्दो संघ नेपालको आयोजना तथा कोहलपुर नगरपालिका १२ वडाको आर्थिक सहयोगमा दोस्रो वडा कप तथा १९औं जिल्ला खुल्ला तेक्वान्दो प्रतियोगिता २०८३ सुरु भएको हो ।

LIfe Ok

कपको द्वितिय लिटिल च्याम तेक्वान्दो र तृतीय सगरमाथा तेक्वान्दो डोजाङ्ग स्थान ल्याएका थिए ।  कोहलपुर नगरपालिका १३ का वडा अध्यक्ष डम्बर बहादुर खड्काले प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

यस्तै कार्यक्रमका संयोजक बुद्धि थापाले प्रतियोगिता सञ्चालन गर्दा सहयोग गर्नुहुने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी तथा खेलाडीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ वैशाख १३ गते आइतबार