कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको भेरी कर्णाली अस्पताल र मेची महाकाली बुहारी संयुक्त आवाज शाखा कार्यालय बाँकेकोे आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

महिलाहरुको विभिन्न रोगहरुको पत्ता लगाउने र त्यसको उपचारका लागि निःशुल्क हुने गरी सो शिविर सञ्चालन गरिएको भेरी कर्णाली अस्पतालका सञ्चालक धर्मराज उपाध्यायले बताए । उपाध्यायका अनुसार स्वास्थ सबैको अमुल्य हो, यसको नियमित चेकजाँच, प्रेसर, ब्लड चेकजाँच लगायतका कामहरु गरिएको बताए ।

यस्तै मेची माहाकाली बुहारी संयुक्त आवाज बाँकेले समय समयमा समाजिक सेवामुलकका साथै हिंसामा परेका महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्थाकी प्रेस संयोजक उषा कुमारी उपाध्यायले बताइन् । सो शिविरमा स्त्री तथा महिला रोग विशेषज्ञ डा. होम नाथ अधिकारिद्वारा निशुल्क स्वास्थ चेकजाँच गरिएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्