कोहलपुर १ का ६५ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई ड्रेस वितरण




कोहलपुर । कोहलपुर नगरपालिका वडा नं. १ मा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गर्दै ड्रेस वितरण कार्यक्रम सम्पन्न गरिएको छ। कोहलपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तथा कार्यक्रमका सभापति बद्रि प्रसाद जैसीको अध्यक्षतामा जन जान ज्योति विद्यालय र कृष्ण माध्यमिक विद्यालयका ६५ जना विद्यार्थीलाई ड्रेस प्रदान गरिएको हो।

यस्तै कार्यक्रममा सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद विश्वकर्मा प्रमुख अतिथिको रूपमा सहभागी रहेका थिए। उनले शिक्षा क्षेत्रमा यस्ता सहयोगमूलक कार्यक्रमले विद्यार्थीहरूलाई थप हौसला प्रदान गर्ने उल्लेख गरे।

यस्तै वडा अध्यक्ष जैसीले आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताएका थिए। उनले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको सञ्चालन वडा सचिव घुमलाल थारुले गरेका थिए। कार्यक्रममा स्थानीय अभिभावक, शिक्षक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ चैत १८ गते बुधबार