प्रवेश परीक्षा र ब्रिज कोर्सहरू पूर्ण रूपमा बन्द गर्न सरकारको कडा निर्देशन




काेहलपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहदेखि उच्च शिक्षासम्म सञ्चालन भइरहेका “Entrance Preparation” कक्षा र ब्रिज कोर्सहरू पूर्ण रूपमा बन्द गर्न कडा निर्देशन दिएको छ। मन्त्रालयका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीमाथि अनावश्यक आर्थिक बोझ थप्नुका साथै शिक्षामा असमानता बढाइरहेका छन्।

मन्त्रालयले आगामी बैशाख १ गतेदेखि यस्ता सबै कक्षा बन्द गर्न स्पष्ट आदेश दिएको छ। यदि निर्देशन अवज्ञा गरी सञ्चालन गरिएको पाइएमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ। साथै, अनुगमनलाई तीव्र बनाउँदै दोषी संस्थामाथि तत्काल कदम चाल्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ चैत १५ गते आइतबार