कोहलपुर ।
बाँकेमा वार्षिक लाखौं रकम खर्च गरेर हात्तीपाइले रोग विरुद्धको अभियान प्रभावकारी देखिएको छैन । नेपालले सन् २०२० भित्र हात्तीपाइले रोग उन्मूलन गर्ने लक्ष्य राखेर सन् २०११ बाट बाँकेमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन शुरु गरिएको थियो । तर हात्तीपाइले रोग विरुद्धको अभियान लक्ष्य प्राप्त गर्न सकेन ।
दुइ थरिका औषधि डिए वाला एमडिएले ५३ वटा जिल्लामा हात्तिपाईले संक्रमण रोक्न सक्यो तर विविध कारणले खाएर अथवा नखाएर ५ वटा जिल्लाहरुमा रोक्न सकेन । जसमा मोरङ, कपिलवस्तु, दाङ, बाँके, र कैलाली रहेका छन् ।
शुक्रबार कोहलपुर नगरपालिकाले पालिका स्तरीय राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्र्तगत आम औषधि सेवन अभियानको योजना तर्जुमा गोष्ठीमा जनचेतनाको कमी, औषधिबारे गलत धारण भएको, औषधी सम्बन्धी थाहै नभएको जस्ता विषयले गर्दा लक्ष्य प्राप्त गर्न नसकेको हात्तिपाइले रोग निवारण कार्यक्रमकी फोकल पर्सन दुर्गा गौतमले बताइन् ।

बाँकेमा औषधि सेवन
उनका अनुसार कोहलपुर नगरपालिका–५ र ६ को रझेना गाउँमा सर्वे गर्दा अझै सन् २०१९ मा १८ प्रतिशत रहको थियो भने अहिले २०२२ मा ५.५ प्रतिशत छ । तर अहिले रझेना गाउँमा १ दशमलब भन्दा कम हुनुपर्ने फोेकल पर्सन दुर्गा गौतमले बताइन् । यस्तै नेपालगञ्जको –४ स्थित सल्यानीबाग गाउँमा समेत निर्वारण हुन सकेको छैन । सन् २०१९ को तथ्थांक भन्दा सन् २०२२ मा २५ प्र्रतिशत मात्र घटेको देखिन्छ । तर बाँकेमा ११ वर्षसम्म निर्वारण हुनुपर्ने उनी बताउँछिन् ।

पालिका अनुसारको बाँकेको औषधि सेवन
औषधी प्रयोग नगरे सरकारी सेवाबाट बञ्चित: प्रमुख रावत
कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले हात्तिपाईले रोग विरुद्ध औषधि सेवन नगरे सरकारी सेवाबाट बञ्चित गर्ने बताएका छन् । उनले प्रत्येक वर्र्षमा सर्भे भयो तर प्रभावकारी देखिएन । ‘सन् २०२२ को तथ्थांक अनुसार कोहलपुरमा ८४ प्रतिशतले हात्तिपाइले रोगको औषधी सेवन गरेका छन्, उनले भने, ‘तर रझेना ५ र ६ वडामा भने औषधी सेवन गरेका छैनन ।’ सन् २०१५ देखि २०२२ सम्मको सर्वे गरियो तर सफल भइएन । पून अब अभियान सञ्चालन हुन लागेको छ त्यसमा जसले औषधी सेवन गर्दैन त्यसलाई सरकारी सेवाबाट बञ्चित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै कोहलपुर नगरपालिका नगर स्वास्थ्य चौकीका प्रमुख अनिल सेनले गर्भवती, एक सातासम्मका सुत्केरी, छारे रोगी, मुटुरोगी एवम् मृगौला, जन्डिस र कलेजोका दीर्घ रोगीहरू, सिकिस्त बिरामीहरू र दुई वर्ष नपुगेका बच्चाहरूबाहेक अरू सबैले यो औषधि सेवन गर्न मिल्ने बताए । बाँकेमा ८१ प्रतिशत मानिसहरुले हात्तिपाइले रोग विरुद्धको औषधी सेवन गरेको सेन बताउँछन् ।
के हो हात्तिपाइले रोग ?
वासस्थान वरिपरि सफा राख्नुपर्ने, लामखुट्टेबाट बच्ने उपायहरू अपनाउनु पर्ने र शरीरको कुनै अङ्ग सुन्निन थाले रगत परीक्षण गराउनु पर्छ । पोथी लामखुट्टेको टोकाइबाट मानिसको शरीरमा पस्ने फाइलेरिया नामक परजीवीका कारण हात्तीपाइले रोग लाग्ने गर्छ । यो परजीवी करिब छ वर्षसम्म मानिसको शरीरमा सुषुप्त अवस्थामा रहने हुँदा कम्तीमा लगातार छ वर्ष नियमित औषधि सेवन गर्नुपर्दछ ।

हात्तीपाइलेको बाहिर देखिने लक्षण वा तत्काल देखिने लक्षणमा ज्वरो आउनु, शरीरमा कम्पन हुनु, लिम्फ नली सुन्निनु, रातो भई दुख्नु, हातगोडामा नीला काला धर्सा देखिनु, गिर्खा बढ्नु, पुरुषको अण्डकोष ठूलो हुनु, दुख्नु गिर्खा भेटिनु र पछि अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनसक्छ । यस्तै महिलामा यौनाङ्ग अथवा स्तन सुन्निनु र दुख्ने, खुट्टा सुन्निएर, हात्तीपाइले हुनु, पिसाब सेतो वा रातो आउनु, लामो समयसम्म सुक्खा खोकी लाग्नु, दम बढ्नु, रगतमा इयोसिनोफिलको मात्रा बढ्नु र बिरामीले दैनिक क्रियाकलाप गर्न नसक्नु पछि अपाङ्गसमेत हुँदा सामाजिक र मानसिकरुपमा पनि असन्तुलित हुने हुनसक्छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्