Kohalpur Today Header Ads

लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय शान्ति सम्मेलन तथा ध्यान दिवस सुरू




लुम्बिनी । लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय शान्ति सम्मेलन सुरू भएको छ। लुम्बिनीमा शुक्रबारदेखि शान्ति सम्मेलन तथा तेस्रो अन्तर्राष्ट्रिय ध्यान दिवस सुरू भएको हो।

दिवसका अवसरमा नेपालस्थित चिनियाँ दूतावास, नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष र नेपाल ओलम्पिक कमिटीले संयुक्त रुपमा विशेष कार्यक्रम गरेको छ।

LIfe Ok

कार्यक्रममा बोल्दै संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले अव्यवस्थित र चुनौतीपूर्ण रहेको आजको विश्वमा शान्ति मात्र प्रमुख विकल्प रहेको बताएका छन्।

उनले अव्यवस्थित र अनिश्चित परिस्थितिमा शान्ति मात्र मानव जातिको साझा आकांक्षा र सभ्यताको आधारभूत मूल्य रहेको बताए। उनले लुम्बिनीबाटै विश्वभर शान्तिको सन्देश फैलाउन सकिने बताए।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ चैत ६ गते शुक्रबार