Kohalpur Today Header Ads

पञ्चमुखी ईमि स्कुलकाे दुईदशक : भव्य रुपमा मनायो वार्षिक कार्यक्रम तथा अभिभावक दिवस (फाेटाे फिचर)




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका-५ मा रहेको पञ्चमुखी ईमि स्कुलले आफ्नो वार्षिक कार्यक्रम तथा अभिभावक दिवस २०८२ भव्य रुपमा मनाएको छ ।

मंगलबार कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यको प्रमुख अतिथि तथा पञ्चमुखी ईमि स्कुलका एमडी किशोरराज मल्लकाे सभापतित्वमा कार्यक्रम सुरु भएको थियो ।

LIfe Ok

दिवसमा बोल्दै आचार्यले शसस्त्र द्धन्द्धको बेला शिक्षा क्षेत्रमा लगानी गर्नु निकै चुनौती थियो तर स्व. नेत्र बहादुर चन्द र चक्र बहादुर मल्लले दुरदृष्टि र परिकल्पना गरे जसले दुई दशकमा हजाराैं बालबालिकाहरुले गुणस्तरीय शिक्षा पाइरहेको बताए ।

विद्यालय स्थापना भएको २० वर्ष पुरा भएको छ, गुणस्तरीय शिक्षामार्फत सक्षम, जिम्मेवार, नैतिकवान र संस्कार सहितको नागरिक उत्पादन गर्न विद्यालयको भूमिका अत्यन्त महत्वपूर्ण छ, त्यसैले शिक्षालाई व्यवहारिक र समयानुकूल बनाउँदै अघि बढ्नुपर्नेमा आचार्यले जोड दिए ।

स्कुल सञ्चालन भएको बेलामा दुखी हुँदै विद्यालय जाने र विद्यालय विदाको दिन खुसी हुँदै घरमा खेल्ने वातावरण बन्द गराउन स्कुलको महत्वपूर्ण भूमिका खेल्नुपर्ने सुझाव दिएका थिए ।

यस्तै स्कुलका संस्थापक तथा एमडी किशोरराज मल्लले दुईदशकसम्म शिक्षामा भएको लगानी र स्कुलको ब्राण्डलाई कहिलै पनि झुक्न नदिने प्रतिबद्धता व्यक्त गरे ।

‘शिक्षकहरुको सर्मपन, अभिभावकको विश्वास, विद्यार्थीहरुको मेहनतले नै सफलताको महत्वपूर्ण आधार बनेको छ’ उनले भने, ‘बालबालिकाहरुलाई बहुआयामिक बनाउन त्रिकोणात्मक रुपमा सकारात्मक अभ्यास आवश्यक पर्छ ।’ त्यसलाई पुरा गर्न विद्यालय मात्र होइन अभिभावक र विद्यार्थी स्वमय् कडा मेहनत र परिश्रम गर्नुपर्ने मल्लको भनाई थियो ।

यस्तै कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक ईश्वरी विश्वकर्मा, कोहलपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ, शिक्षा शाखा प्रमुख रविलाल मिजार, एन प्याब्सनका केन्द्रिय उपाध्यक्ष कुसुम रानाभाटले स्कुलले गुणस्तरीय र प्रभावकारी शिक्षा दिइरहेको बताएका थिए ।

यस्तै पञ्चमुखी ईमि स्कुलका प्रिन्सिपल डिल्लीराज घिमिरेले स्वागत मन्तव्य राख्दै विद्यालयलाई अभिभावकको भरोसा, विश्वास कहिलै पनि टुट्न नदिने प्रतिबद्धता व्यक्त गरे । बालबालिकाहरुको सार्वाङ्गिक विकासका लागि विभिन्न गतिविधि गरिरहेको र हालसम्म शतप्रतिशत नतिजा प्राप्त गरिरहेको छ, आगामी दिनमा समेत मजबुद बनाउँदै लैजाने घिमिरेले बताए ।

दिवसका अवसरमा ७० वर्ष माथि उमेर समूहका करिब ४३ जना जेष्ट नागरिकलाई समेत सम्मान गरिएको थियो भने स्कुलमा ३ वर्षदेखि निरन्तर अध्ययापन गराइरहेका शिक्षक र कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो ।

गत शैक्षिक सत्रमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई मेडल सहित सम्मान गरिएको थियो भने विद्यालयका प्रशासन प्रमुख बालकुमार शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।

बालबालिकाहरुले विभिन्न कला, सांस्कृतिक, भेषभुषा, नेवार थारु नृत्य, लागूऔषध न्यूनिकरण गर्न नाटक, विज्ञान प्रर्दशनी, बालबालिकाहरुले आफैले तयार गरेका खानेकुरा तथा अन्य सिर्जनात्मक कार्यक्रम समेत गरिएको थियो ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ चैत ४ गते बुधबार