तरुणदलको नेतृत्व देखि जिल्ला सभापति सम्मको राजनीति यात्रा गरेका अनुभवी र निखारिएका उम्मेदवार नारायण गौडेलको विकल्प छैन भन्छ्न आम मतदाता




बांके क्षेत्र नं -१ का मतदान भन्छ्न नारायण प्रसाद गौडेलले बांकेमा तरुणदलको नेतृत्व देखि सुरु गर्दै नेपाली कांग्रेसको जिल्ला सभापतिको अनुभव रहेको छ । उनी बांकेमा निखारिएको नेता हुन उनले आम बांकेबासिको लागि काम गर्नेमा मतदाता विश्वास गर्छ्न । उनको अनुभव, सादगिपन र अनि हक्की स्वाभाव नै जित्ने आधार हो । आम जनताको घर घरमा पुगेर उनले आफुलाई चिनाउने होइन उनलाई आम मतदाताले उल्टो चिनाएका भिडियोहरु भाईरल भएका छ्न । उनी जनपक्षीय र जनपृय नेता हुन । हरेकको मनमनमा र जनजनमा बस्न सफल नेता गौडेल अहिले राप्तीसोनारी र नरैनापुरमा बढी केन्द्रित छ्न । कोहलपुर उनको लागि आफ्नो स्थानीय पालिका भएको र सबैले मन पराएको वताउंछ्न ।

नेपाल तरुण दलबाट आफ्नो राजनीतिक यात्रा सुरु गरी रेडक्रसको सभापति हुँदै आज नेपाली कांग्रेस बाँकेको जिल्ला सभापति सम्मको जिम्मेवारी सम्हाल्दै आएका नारायण गौडेल एक सफल सामाजिक तथा राजनीतिक व्यक्ति हुन । उनि  सधैं नीति, विधि र सामाजिक न्यायका पक्षमा दृढ रहँदै सभ्य समाज निर्माण र सुशासनका पहरेदारको रूपमा सक्रिय रहदै आएको आम मतदाताको भनाइ छ ।जनताको दुःख र सुखमा सधैं साथ दिने, साधारण जीवनशैली अपनाउने र भुइँमान्छेको भावना बोकेका नेता नारायण गौडेलको विकल्प नभएको कोहलपुर बांके बासिको भनाइ छ ।

सामाजिक परिवर्तन, न्याय र पारदर्शिताको मार्गमा अघि बढ्दै, उनि  आज बाँके जिल्लाको आशा र भरोसा बन्दै आएका छन । यतिबेला प्रतिनिधि सभा क्षेत्र न १ बाट उम्मेदवारको रुपमा तपाइको घरदैलोमा आफ्नो प्रतिबद्धता सहित आउनु भएको हुँदा जनताको सेवक नारायण गौडेल लाई रुख चिन्हमा मतदान गरि सहयोग गरिदिन सम्पूर्ण मतदाता लाई हार्दिक अपिल समेत गरेका छ्न ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ फागुन १० गते आइतबार