बांके बासिको लागि संघर्ष गरेका नारायण प्रसाद गौडेलले जनतासामु जितको आशीर्वाद लिइरहेका छ्न । उनी लाई ढुक्कसंग लाग्न बबांकेको क्षेत्र नं -१ बासिले आशीर्वाद दिइरहेको पाईएको छ ।
बांके जिल्लाको कोहलपुरमा बसोबास गर्दै आइरहेका नेपाली कांग्रेसका जिल्ला सभापति एवम् बांके क्षेत्र नं -१ का प्रत्यक्ष उम्मेदवार नारायण प्रसाद गौडेल जनमानसमा भिजेका नेता हुन । उनी विद्यार्थी राजनीति देखि तरुणको राजनीति गर्दै हाल नेपाली कांग्रेस जस्तो ठूलो र पुरानो पाटिको जिल्ला सभापति समेत भएका छ्न ।

आफ्नो सम्पूर्ण जीवन लाई जनताको घरदैलो, दुख र सुखमा विताउंदै उनले जिल्ला सभापति हुंदा बांकेका आठ स्थानीय निकाय मध्ये सातवटा स्थानीय निकाय लाई स्थानीय निर्वाचनमा जिताउन सफल भएका छ्न । जनमानसमा अति संवेदनशील भएर हक्की स्वभावमा काम गर्दै आएका गौडेल निकै सालिन, भद्र, सादगी र प्यारो नेताका रूपमा आफुलाई स्थापित गर्दै आएका नेता हुन । कोहलपुरका -१२ का निरवीर थारु भन्छ्न हामीले गौडेल लाई चिनेदेखी उस्तै सहयोगी र आफसी सदभावमुल व्यवहारबाट आफुलाई स्थापित गर्दै आएका छ्न । उनी भन्छ्न एक पटक छोरिको शल्यक्रिया भेरी अस्पताल नेपाल्गन्जमा हुंदा रगतको अभाव हुंदा एककल फोन उनले गरिदिएको भरमा छोरी बचाएको घटना ताजै रहेको वताउंछ्न ।

कोहलपुर -११ का चिरबाहु विक भन्छ्न म उहाँलाई राम्रोसँग चिन्द्छु उहाँले हामी र हाम्रो परिवारलाई दुखमा धेरै साथ दिनु भएको छ । उनी भन्छ्न नेताहरू लाई कुनै समस्या लिएर जांदा हुन्छ गरौला भन्ने तर काम नगर्ने बानी हुन्छ तर गौडेलले तुरुन्त उत्निखेर फोन गरेर हुन्छ वा आफू पुगेर हुन्छ काम गर्ने हक्की भावना छ । गौडेल कुरा होइन कामम विश्वास गर्ने सादगी नेता हुन ।

नरैनापुरका हरि नारायण मन्डल भन्छ्न २०५७ सालमा साईकल चलाएर मेरो परिवारमा परेको दुखमा मलममपट्टी लगाउन आएका थिए । जुनबेला मेरो पर्का तिनजना सदस्य एकैपटक गाडी दुर्घटनामा मरेका थिए । यस्तो सादगी नेतालाई नचिन्ने को नै होला र हामीले समयमा बुद्दिपुर्याएर जिताउनु पर्छ ।
राप्ती सोनारी -८ का देउमान खड्काले भन्छ्न गौडेल भनेर २०६८ सालमा मेरो श्रीमती लाई सर्पले टोक्यो राती थियो मैले उहाँलाई एम्बुलेन्सको व्यवस्था गरिदिन र भेरी अस्पताल नेपालगन्जमा कुरा गरिदिन फोन के गरेको थिए फोन गरेको ३० मिनेटमा एम्बुलेन्स आयो र उहाँ आफै रातिमा एम्बुलेन्ससंगै नेपालगन्ज पुग्नु भएको थियो । बांके बासिको लागि यो भन्दा सहयोगी नेता को हुन्छ ।
गौडेल बांकेमा आम जनताको घरमा मर्दापर्दा, विवाह ब्रतबन्ध अनि न्वारान जुनमा बोलाएपनी टुप्लुक्क आईपुग्नुहुन्छ । हामीसंग बसेर दुख सुखमा साथदिने कुरागर्ने र मान्छे चिन्ने बानी भएका हाम्रो नेता हुनुहुन्छ । यो समय गौडेललाई जिताउनु हाम्रो जिम्मेवारी र कर्तव्य भएको जिकिर गर्छ्न ।

कोहलपुरका -४ का निन्दन हरिजन भन्छ्न आफ्नो पारिवारिक अवस्था कमजोर थियो । छोरोले स्नातक पास गरेको थियो सानोतिनो जागिर भएपनी कतै लगाइदिन अनुरोध गरेको एकहप्तामा छोरोले सजिलै जागिर खायो । सादगी नेता जुन पैसा र शक्तिको कहिलै स्वार्थ देखेनन ।
गौडेलले चाहेको भए मनग्गे पैसा कमाउन सक्थे । धन सम्पती जग्गा जमिन जोड्न सक्थे तर उल्टो उहाँले भएको घरबास जग्गा समेत बेचेर राजनीति गरे आखिर के नै पाए मात्र त्याग गरे ।
उनको सरल स्वाभाव अनि खरो व्यवहार नै उनको सादगि जिन्दगी हो । उनले पटक पटक अवसर लिएको भए पाउंथे तर लिन चाहेनन् । उनी अहिले प्रतिनिधि सभाको उम्मेदवार भएका छ्न उनलाई कोहलपुर, राप्तीसोनारी र नरैनापुर बासीले ध्यान दिदै बिचार पुर्याएर जतनाको नेता लाई जिताउनु अनिवार्य छ ।

गौडेल जितेर काठमाडौ होइन हाम्रो क्षेत्रमा रहनेछ्न हाम्रा दुखमा मलमपट्टि लगाउने छ्न । हामील्व यो कुरा बुझ्नु अनिवार्य छ । एक साधारण परिवारमा जन्मेर राजनीतिमा लागेका गौडेल एकपटक लागि मात्र उम्मेदवार भएक हुन । उनी भन्छ्न मलाई जिताउनुहोस म काम गर्छु । जिताउनु भयो भने काम गर्छु काम गरेपछि मात्र अर्कोपटक यहाँकै सल्लाहमा अगाडी बढ्ने छु ।
उनले कैयन लाई नेता बनाए । कैयन उनका लागि पछि लागे । धेरैले उनलाई घातप्रतिघात गरे तरपनी उनी कति बिचल्ली भएनन । आफ्नो मिसनमा लागि रहे । उनका लागि सरल सहज जीवन कहिलै भएन तरपनी जनगुनासो सुन्ने र सकेसम्म सहयोग गर्न लागि रहे । यो मौका आएको छ उनलाई गुण लगाउने ।
कांग्रेसक गगन थापासँग प्रत्यक्ष सम्पर्क गांसेक गौडेललाई जिताउन सकेमा सादगी मेता संविधानका पिता सुशील कोइरालाको जस्तै पहुँच बनाउने र बांकेमा विकास हुने आशा गरिन्छ । विकास अनि निकासका लागि काम गर्ने नारायण गौडेललाई जिताउनु पर्छ । उनी अहिले घरदैलोमा जुटेका छ्न । उनको शैली सरल छ । अरुलाई गाली गर्न जानेका छैनन् अनि अरुको नराम्रो होइन आफुले गर्न सक्ने राम्रो विचार सहितको प्रतिवद्दता लिएर जनताको घर घरमा पुगेको छ्न । उनी भन्छ्न म पुगेपनी नपुगेपनी मेरा कार्यकर्ता पुग्नु नै नारायण गौडेल पुग्नु हो त्यसकारण मलाई हजुरहरुको भोट चाहिएको छ । भोलि जस्तोसुकै अवस्थामा म उपस्थिति हुने वाचा गर्द्छु उनको भनाई रहेको छ । सम्पूर्ण वांके क्षेत्र नं -१ बासिलाई उनले आफुलाई यसपटक मत दिएर सहयोग गर्न समेत अपिल गर्दै रुख चिन्हमा छाप लगाई अत्याधिक मतले विजय गराउन उनको अपिल छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्