
बैजनाथ । बैजनाथ गाउँपालिका वडा नं. १ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच कार्य औपचारिक रूपमा सुरु गरिएको छ। बुधबार गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको प्रमुख आतिथ्यमा कार्यक्रमको शुभारम्भ गरिएको हो।
लामो समयदेखि कानुनी स्वामित्वबिनै बसोबास गर्दै आएका स्थानीय भूमिहीन परिवारका लागि यो कदम महत्वपूर्ण मानिएको छ। नापजाँच कार्य सुरु भएसँगै प्रभावित परिवारमा उत्साह र आशा देखिएको छ। उनीहरूले अब आफ्नो हक–अधिकार सुनिश्चित हुने गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले विश्वास व्यक्त गरे।
वडा अध्यक्ष रुप बहादुर मल्लका अनुसार वर्षौँदेखि भोगचलन गर्दै आए पनि स्वामित्व नपाउँदा विभिन्न कानुनी तथा प्रशासनिक समस्या झेलिरहेका नागरिकको समस्या समाधानतर्फ यो ठोस पहल हो। “नापजाँचसँगै स्वामित्व हस्तान्तरण प्रक्रियाले गति लिने बताए।
गाउँपालिकाले चरणबद्ध रूपमा सबै योग्य लाभग्राहीको तथ्यांक संकलन, स्थलगत नापजाँच तथा आवश्यक कागजी प्रक्रिया पूरा गरी जग्गा व्यवस्थापन गर्ने जनाएको छ। यस कार्यले भूमिहीन तथा सुकुम्बासी परिवारलाई सुरक्षित र व्यवस्थित बसोबासको आधार तयार गर्ने विश्वास लिइएको छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्